वीरगन्ज नाकाबाट निर्यातमा ७३ प्रतिशत वृद्धि | Khabarhub Khabarhub

वीरगन्ज नाकाबाट निर्यातमा ७३ प्रतिशत वृद्धि


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यापारिक नाका वीरगन्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ ।

गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा नेपाली वस्तुको निर्यात ७३ प्रतिशतले बढेको हो ।आव २०७७/८७ को साउनदेखि जेठसम्मको ११ महिनामा रु  ४४ अर्ब २४ करोड २३ लाखभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएकामा  चालु आवको सोही अवधिमा वीरगन्ज नाका प्रयोग गरी रु ३२ अर्ब ३१ करोड २४ लाख बढी अर्थात् रु ७६ अर्ब ५५ करोड ४७ लाखभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएको छ । यो गत आवको तुलनामा ७६ दशमलव ०३ प्रतिशत बढी हो ।

वीरगन्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, जमोठ कपडालगायत वस्तु रहेको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । उनले यस नाकाबाट हुने कारोबार बढेसँगै यसको सकारात्मक प्रभाव वीरगन्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको बताए।

गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा करिब २३ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन भएको छ । गत आवको ११ महिनामा रु एक खर्ब ५३ अर्ब ९८ करोड ३२ लाख राजस्व सङ्कलन भएकामा हाल रु ३४ अर्ब ८० करोड एक लाख बढी अर्थात् रु एक खर्ब ८८ अर्ब ७८ करोड ६२ लाख राजस्व सङ्कलन गर्न सफल भएको उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १२ : ४५ बजे

सिनेजगतमा प्रवेश सजिलो तर दिगो टिक्न गाह्रोः राजेश हमाल

कर्णाली-नेपाली चलचित्र क्षेत्रका अभिनेता राजेश हमालले सिनेजगतमा प्रवेश गर्न जति

पुनर्निर्माणका लागि खर्च कटौती गर्दै गण्डकी सरकार

गण्डकी- ‘जेनजी’ प्रदर्शनका क्रममा क्षतिग्रस्त बनेका सरकारी संरचनाको पुनर्निर्माणका लागि

प्रयोगविहीन वृद्धाश्रममा मानसेवा आश्रम सञ्चालन गरिने

ढोरपाटन (बागलुङ)- निर्माण भएको दुई वर्षसम्म पनि सञ्चालनमा आउन नसकेको

एमाले असम्भव चुनावको पछाडि लाग्दैन: महासचिव पोखरेल

सुर्खेत- नेकपा (एमाले)ले आउँदो फागुन २१ गतेका निम्ति तय प्रतिनिधिसभा

‘स्थायी जनशक्ति नहुँदा सेवा प्रवाहमा चुनौती हुन्छ’

विराटनगर– स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि स्थायी जनशक्ति अपरिहार्य भएको