बेँसीसहर–चामे सडक भोलि साँझसम्मका लागि बन्द « Khabarhub

बेँसीसहर–चामे सडक भोलि साँझसम्मका लागि बन्द


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – बेँसीसहर–चामे सडकखण्ड बन्द गरिएको छ । यस सडकखण्डको सल्लाघारी भिरमा सडक ढलान गर्नका लागि आज बिहान ६ बजेदेखि भोलि साँझ ६ बजेसम्मका लागि सडक बन्द गरिएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताए । उनले भने, ‘बेँसीसहर चामे सडकखण्डअन्तर्गत मनाङको चामे गाउँपालिका–२ सल्लाघारीमा साँघुरो सडक रहेकाले ढलान गर्नका लागि सवारीसाधन पूर्णरुपमा बन्द गरिएको छ ।’

उक्त गाउँपालिकाको विभिन्न ठाउँमा उक्त आयोजना कार्यालयमार्फत ठेक्कामा ढलान कार्य भइरहेको छ । गाउँपालिकाले ढलान सहजरुपमा गर्नका लागि मनाङको जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएकामा उक्त कार्यालयले बुधबार एक सूचना जारी गर्दै सडक बन्द गरी ढलान कार्यमा सहज बनाउन बाटो बन्दगरेसँगै दुई दिन सडक बन्द गरिएको हो । यहाँ पैदल यात्रुबाहेक सबै प्रकारका सवारी साधनलाई आवतजावत गर्न जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ ।

सल्लाघारीमा एक दम गाह्रो ठाउँ रहेछ, तल र माथि ठूलो भिरका बीचमा सडक रहेको र साँघुरो सडकका कारण जोखिम हुने भएकाले सवारीसाधन पूर्णरुपमा बन्द गरी ढलान सुरु गरिएको हो । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत यहाँ २० मिटर सडक ढलान हुने कार्यालयका सूचना अधिकारीसमेत रहेका इञ्जिनीयर अधिकारीले जानकारी दिए।

हिमाली जिल्ला मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप विसं २०५१ देखि सडक डिभिजन कार्यालय दमौली–तनहुँ शाखाले बेँसीसहर चामे सडक निर्माण अघि बढाएको थियो तर पछि जनयुद्ध र अन्य विविध कारणले तत्कालीन नेपाली सेनाले उक्त सडक विसं २०५७ देखि निर्माण गर्ने पुनःजिम्मेवारी प्राप्त गर्‍यो ।

तत्कालीन नेपाली सेनाले शान्ति प्रक्रियपछि मात्र सडक निर्माणलाई निरन्तरता दिँदै बाँदरसमेत लड्लाजस्तो जोखिमपूर्ण भिरमा ज्यानको बाजी लगाउँदै विसं २०६९ मा सडक निर्माण गरी सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको थियो । उक्त सडकको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी छ । यस सडकमा दैनिक दर्जनौँ जीप, साना तथा मालवाहक सवारीसाधन गुड्ने गर्दछ । सवारीसाधन नचल्दा यात्रु मर्कामा पर्ने गरेको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १२ : ३५ बजे

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय