चीनमा तेस्रो तल्लाबाट विद्युतीय कार खस्दा दुई जनाको मृत्यु « Khabarhub

चीनमा तेस्रो तल्लाबाट विद्युतीय कार खस्दा दुई जनाको मृत्यु


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तीन तल्ला माथिबाट विद्युतीय कार खस्दा चीनमा दुई जनाको मृत्यु भएको छ । चीनको साङ्घाइमा रहेको कार निर्माता कम्पनी नियोको मुख्यालयस्थित तेस्रो तल्लाबाट विद्युतीय कार खसेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार उक्त कम्पनीको कार परीक्षण केन्द्र मुख्यालय रहेको भवनको तेस्रो तल्लामा थियो ।

घटनामा मृत्यु हुनेमा कम्पनीका एकजना कर्मचारी एवम् अर्को साझेदार कम्पनीसँग आबद्ध व्यक्ति छन् । कार निर्माता कम्पनीले घटनाबारे अनुसन्धान गरिरहेको र सरकारी अधिकारीद्वारा छानबिनमा पूर्ण सहयोग गरिरहेको जानकारी दिएको छ ।

नियो कम्पनी अमेरिकी धनाढ्य इलोन मस्कको टेस्ला कम्पनीको प्रतिस्पर्धी मानिन्छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ६ : ३० बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज