राष्ट्रपतिद्वारा स्पेन, रुस र डेनमार्कका लागि राजदूत नियुक्त « Khabarhub

राष्ट्रपतिद्वारा स्पेन, रुस र डेनमार्कका लागि राजदूत नियुक्त


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार स्पेनका लागि शर्मिला पराजुली ढकाल, रुसी महासंघका लागि मिलनराज तुलाधर र डेनमार्कका लागि प्रा. डा. रामस्वार्थ रायलाई राजदूत नियुक्त गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीहरूलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालय जनाएको छ ।

‘राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा, मिलनराज तुलाधारलाई रूसी महासंघका लागि नेपालको आवासीय राजदूत पदमा र प्रा.डा. राम स्वार्थ रायलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै राष्ट्रपति भण्डारीले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा भुटानका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत डा. शंकरप्रसाद शर्मालाई भुटानका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ प्रवक्ता आचार्यले बताए ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  १ : २६ बजे

७५ वर्ष अघिका कांग्रेस १५ औँ महाधिवेशनमा सहभागी : मातृकाले बनाएका थिए सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको मञ्चमा एकाएक ७५

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति