लक्ष्यभन्दा ६ करोड ५५ लाख कम राजस्व संकलन « Khabarhub

लक्ष्यभन्दा ६ करोड ५५ लाख कम राजस्व संकलन


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुर भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा ६ करोड ५५ लाख कम राजस्व संकलन गरेको छ । 

कार्यालयले गत आवमा रु ५२ करोड ७७ लाख राजस्व संकलनको लक्ष्य राखेपनि ४६ करोड २२ लाख संकलन भएको छ । कार्यालयले मूल्य अभिवृद्धि करतर्फ सो अवधिमा १६ करोड ३३ लाख संकलन गर्ने लक्ष्य लिएकामा १८ करोड ६३ लाख संकलन भएको भन्सार कार्यालयका प्रमुख धुर्वराज विश्वकर्माले जानकारी दिए । यस्तै अन्तःशुल्कबापत् एक करोड २७ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ९२ लाख ८५ हजार राजस्व संकलन भएको छ । 

यसैगरी आर्थिक वर्ष २०७७/७८ मा ३५ करोड ६७ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ३७ करोड ३९ लाख संकलन भएको विश्वकर्माले बताए । यस्तै कार्यालयले आव २०७६/७७ मा ४८ करोड ६८ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकामा २६ करोड २८ लाख मात्र संकलन गरेको थियो । कोरोना सङ्क्रमणका लक्ष्यभन्दा कम राजस्व संकलन भएको उनले बताए । 

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  १ : ४५ बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–