लक्ष्यभन्दा ६ करोड ५५ लाख कम राजस्व संकलन « Khabarhub

लक्ष्यभन्दा ६ करोड ५५ लाख कम राजस्व संकलन


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुर भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा ६ करोड ५५ लाख कम राजस्व संकलन गरेको छ । 

कार्यालयले गत आवमा रु ५२ करोड ७७ लाख राजस्व संकलनको लक्ष्य राखेपनि ४६ करोड २२ लाख संकलन भएको छ । कार्यालयले मूल्य अभिवृद्धि करतर्फ सो अवधिमा १६ करोड ३३ लाख संकलन गर्ने लक्ष्य लिएकामा १८ करोड ६३ लाख संकलन भएको भन्सार कार्यालयका प्रमुख धुर्वराज विश्वकर्माले जानकारी दिए । यस्तै अन्तःशुल्कबापत् एक करोड २७ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ९२ लाख ८५ हजार राजस्व संकलन भएको छ । 

यसैगरी आर्थिक वर्ष २०७७/७८ मा ३५ करोड ६७ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ३७ करोड ३९ लाख संकलन भएको विश्वकर्माले बताए । यस्तै कार्यालयले आव २०७६/७७ मा ४८ करोड ६८ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकामा २६ करोड २८ लाख मात्र संकलन गरेको थियो । कोरोना सङ्क्रमणका लक्ष्यभन्दा कम राजस्व संकलन भएको उनले बताए । 

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  १ : ४५ बजे

७५ वर्ष अघिका कांग्रेस १५ औँ महाधिवेशनमा सहभागी : मातृकाले बनाएका थिए सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको मञ्चमा एकाएक ७५

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति