नेपाल रेडक्रस सोसाइटी राष्ट्रिय भेलाका क्रममा विरोध प्रदर्शन « Khabarhub

नेपाल रेडक्रस सोसाइटी राष्ट्रिय भेलाका क्रममा विरोध प्रदर्शन


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटी राष्ट्रिय भेलाका क्रममा एक समूहले विरोध प्रदर्शन गरेका छन् ।

रेडक्रस सोसाइटीले मंगलबार काठमाडौंमा वर्तमान सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीको समस्या र भावी मार्गचित्र विषयमा छलफल गर्न राष्ट्रिय भेला आयोजना गरेको थियो । तर असन्तुष्ट पक्षले रेडक्रस भित्र विधिको शासन कायम लागू गर, रेडक्रसलाई निजी कम्पनी नबनाउँ, अदालतको आदेश पालना गर लगायतका प्लेकार्ड देखाउदै प्रदर्शन गरेका हुन् ।

सरकारले जेठ ३१ गते सुदर्शनप्रसाद नेपालको अध्यक्षमा ३३ सदस्यीय तदर्थ समिति गठन गरेको थियो , उक्त निर्णयप्रति निवर्तमान अध्यक्ष डा नेत्रप्रसाद तिम्सिना पक्ष अदालत गएको थियो । सोसाइटीका अध्यक्ष नेपालले अदालतलाई देखाउदै अर्को पक्षले सोसाइटीको काममा अवरोध सिर्जना गर्दै आएको आरोप लगाएका छन् ।

यसअघि दुवै पक्षबीच रेडक्रस सोसाइटीको कार्यालयमा पनि पटक पटक विवाद हुँदै आएको छ । 

 

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ५ : ०३ बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश