एमसीसी, एसपीपी र आईपीएसविरुद्ध तीन दलको आन्दोलन घोषणा « Khabarhub

एमसीसी, एसपीपी र आईपीएसविरुद्ध तीन दलको आन्दोलन घोषणा


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विभिन्न तीन राजनीतिक दल एमसीसी, एसपीपी र आईपीएसविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र कर्णजीत बुढाथोकीको नेकपा माओवादी समाजवादी आन्दोलनमा उत्रिएका हुन् ।

काठमाडौँमा मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरूले एमसीसी, एसपीपी र आईपीएसविरुद्ध आन्दोलनमा उत्रिएको जानकारी दिएका हुन् ।

उनीहरुका अनुसार १३ साउनमा देशव्यापी कोणसभा, १५ साउनमा देशव्यापी मसाल जुलुस, १८ साउनमा काठमाडौँमा अन्तरक्रिया र २१ साउनमा प्रदेश सदरमुकाम र काठमाडौँमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ ।

यसपछि उच्चस्तरको दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिने उनीहरूले बताएका छन् ।

साथै तत्कालीन ओली सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको तीन बुँदे सहमति पनि कार्यान्वयन गर्न माग गरेका छन् ।

 

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  २ : ५० बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–