बाँचुन्जेल सामाजिक क्षेत्रमै काम गर्छु : वरिष्ठ नेता पौडेल « Khabarhub

बाँचुन्जेल सामाजिक क्षेत्रमै काम गर्छु : वरिष्ठ नेता पौडेल


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाँचुन्जेल सामाजिक कार्यमा लाग्ने बताएका छन् । व्यास नगरपालिका–१४ कुलुङ्गमा आज कार्यकर्तासँग भेटघाट गर्दै उनले आगामी दिनमा काम गरेर देखाउने उल्लेख गरे।

“म जति दिन बाँच्छु, बाँचुन्जेल सामाजिक क्षेत्रमै काम गर्छु,” नेता पौडेलले भने । व्यास नगरपालिका–१२ को छिर्कनबाट व्यास–१४ को कुलुड हुँदै केशवटार जोड्ने सडक निर्माण गर्न आफूले विशेष पहल गरेको उनले बताए । कुलुङ्ग, छाब्दी र बन्दीपुरलाई जोडेर पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा नेता पौडेलले जोड दिए।

पर्यटकीय प्रवर्द्धनका लागि जिल्लाका ऐतिहासिक एवं धार्मिक क्षेत्रको संरक्षण र संवर्द्धनमा जोड दिन आवश्यक रहेको उनले बताए । विगतमा रोकिएका विकास निर्माणका कामलाई निरन्तरता दिइने नेता पौडेलले उल्लेख गरे। उनका साथमा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विक पनि रहेका छन्।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ३ : ४७ बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–