यस्ता छन् मन्त्रिपरिषद् बैठकका एक दर्जन निर्णय | Khabarhub Khabarhub

यस्ता छन् मन्त्रिपरिषद् बैठकका एक दर्जन निर्णय


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने ९५ करोड रुपैयाँ बराबरको अनुदान सहायता रकम स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनका लागि ९५ करोड रुपैयाँ बराबरको अनुदान सहायता रकम स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए।

बैठकले सबैको दिगो खानेपानी तथा सरसफाइ आयोजनाका लागि युरोपियन युनियनबाट प्राप्त हुने एक अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायतासमेत स्वीकृत गरिएको उनले बताए।

 बैठकले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा भुवन केसीलाई मनोनयन गर्ने निर्णय गरेको छ भने नेपाली मूलका पोलिस नागरिक डा बोधराज सुवेदीलाई पोल्याण्डको वार्सा क्षेत्रभर कार्यक्षेत्र तोकी नेपालको अवैतानिक बाणिज्यदूत नियुक्त गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताए। त्यस्तै मन्त्रीपरिषद्ले शहीद गंगाला राष्ट्रिय हृदय केन्द्रको सदस्य पदमा डा प्रकाशराज रेग्मी र डा  नविन चन्द्र गौतमलाई मनोनयन गर्ने निर्णय गरेको उनले जानकारी दिए।

बैठकले राष्ट्रिय जनस्वास्थ्य समितिको सदस्यमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ६ : ०७ बजे

देउवाले भने- प्रत्यक्ष निर्वाचन प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतासँग सिधै जोडिने भएकाले

प्रधानमन्त्री ओली भदौ अन्तिममा भारत जाने, समकक्षी मोदी कात्तिकमा आउने

काठमाडौं- नेपाली कांग्रेससँग मिलेर गठबन्धन सरकार बनाएको १४ महिनापछि प्रधानमन्त्री

छाउगोठमा मृत्यु भएकी कमलाको परिवारलाई ५० हजार सहयोग

दोधारा चाँदनी- छाउगोठमा सर्पको टोकाइबाट मृत्यु भएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१

स्वायत्तता माग्दै पुल्चोक क्याम्पसका शिक्षक र विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीहरूले कीर्तिपुरस्थित उपकुलपतिको

जापानको माथिल्लो सदनको चुनाव, प्रधानमन्त्री इशिबाको परीक्षा

टोकियो– आइतबार संसदको माथिल्लो सदनको निर्वाचनमा बहुमत गुमाउनसक्ने अपेक्षाबीच जापानका