समानुपातिकमा किन र कसरी परे भन्ने बहस बेकार हो : पूर्वमन्त्री बास्कोटा « Khabarhub

समानुपातिकमा किन र कसरी परे भन्ने बहस बेकार हो : पूर्वमन्त्री बास्कोटा


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस बेकारको भएको बताएका छन् ।

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पार्टी भित्र समानुपातिक सूचिलाई लिएर विवाद चलिरहेका बेला उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो प्रतिक्रिया जनाएका हुन् ।

‘समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस गर्नु बेकार हो,’ नेता बास्कोटाले भनेका छन्, ‘यसको मर्म समावेशिता हो । कमवेसी अपवाद, मूल रूपमा यो डाडुपन्यु टीमको इच्छावेशीता हो ।’

उनले समयमै अपारदर्शी प्रणालीको विकल्प खोज्न आग्रह समेत गरेका छन् ।

‘समयमै पार्टीहरुले ३३ प्रतिशत सोझै महिला उम्मेदवार उठाऊ वा अपारदर्शी प्रणालीको विकल्प खोज । हैन भने भैँसीका अघि विरही भाकामा वीन नबजाऊ, मित्र जन!,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १० : ४१ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको