भारतीय कांग्रेसको अध्यक्षमा शशी थरुरले उम्मेदवारी दिने « Khabarhub

भारतीय कांग्रेसको अध्यक्षमा शशी थरुरले उम्मेदवारी दिने


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थरुरले उम्मेदवारी दर्ता गर्ने भएका छन् । संघीय संसदमा सांसद समेत रहेका थरुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् ।

उनले भने, “कांग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”

उम्मेदवारी दर्ताका लागि ५० जना प्रस्तावक चाहिनेमा सबै प्रस्तावकको तयारी भइसकेको पनि उनले जानकारी दिए । उनी अध्यक्षमा निर्वाचित भएको खण्डमा भारतीय राष्ट्रिय कांग्रेसमा २५ वर्षपछि मात्रै गान्धि परिवार बाहिरको व्यक्ति अध्यक्ष हुनेछ ।

यसअघि कांग्रेसको अध्यक्षका रुपमा सन् १९९६ मा सीताराम केसरी गान्धी परिवारभन्दा बाहिरको नेता निर्वाचित भएका थिए । उनले शरद पवार र राजेश पिलोटलाई पराजित गरेका थिए । त्यसपछिको निर्वाचनमा भने सन् १९९८ मा जितेन्द्र प्रसादलाई सोनिया गान्धीले अध्यक्षमा पराजित गरेकी थिइन् ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष मधुसुदन मिस्त्रीले पार्टी केन्द्रीय कार्यालयमै उम्मेदवारी दर्ता फाराम उपलब्ध हुने जानकारी दिए । भारतीय राष्ट्रिय कांग्रेस अहिले अन्तरिम अध्यक्षको नेतृत्वमा चलिरहेको छ ।

गत आम निर्वाचनमा पार्टीले नराम्रोसँग पराजय भोगेपछि तत्कालीन अध्यक्ष राहुल गान्धीले हारको जिम्मेवारी लिँदै नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए ।

उनको राजीनामा लामो समयसम्म अस्विकृत गर्दै उनलाई नै अध्यक्षको जिम्मेवारी सम्हाल्न आग्रह गरिएको थियो । तर, उनले बारम्बार उक्त आग्रह अस्वीकार गर्दै आएका थिए । उनले अस्वीकार गरेसँगै उनकै आमा तथा पूर्वअध्यक्ष सोनिया गान्धीलाई नै अन्तरिम अध्यक्षको जिम्मेवारी दिएको छ ।

अब हुने महाधिवेशनबाट पनि राहुल गान्धीलाई नै अध्यक्ष बनाउनुपर्ने पक्षका नेताहरुको सङ्ख्या धेरै रहेको बताइन्छ । तर उनीबारे स्पष्ट निर्णय भइनसकेको बेला थरुरले उम्मेदवारी दिने तयारी गरेका हुन् ।

पार्टीभित्रको आन्तरिक विवाद र अन्यौलताका बीच लामो समयपछि भारतीय कांग्रेसले नयाँ नेतृत्व पाउने भएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ५ : ३१ बजे

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा