नैतिक शक्ति भएको नेतृत्व चाहिएको छ : वरिष्ठ नेता पौडेल « Khabarhub

नैतिक शक्ति भएको नेतृत्व चाहिएको छ : वरिष्ठ नेता पौडेल


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

डुम्रे– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला र देशको समग्र रुपमा सर्वाङ्गीण विकासतर्फ अगाडि बढाउन आवश्यक रहेको बताएका छन् । व्यास नगरपालिका-४ स्थित व्यास युवा क्लबद्वारा आज आयोजित तेस्रो व्यास युवा कप २०७९ ‘९’ ए साइड फुटबल प्रतियोगिताको समापन गर्दै नेता पौडेलले चौतर्फी विकास गरिनुपर्ने बताए ।

मुलुकको समग्र विकास आवश्यक रहेको बताउँदै उनले देशलाई सुशासन दिने नैतिक शक्ति भएको नेतृत्व चाहिएको उल्लेख गरे । तनहुँलाई नेपालभरको नमूना जिल्लाको रुपमा विकास गर्न आवश्यक रहेकाले अब विकास अगाडि बढ्ने उनले बताए । ‘जिल्लामा बहुवर्षीय योजनाहरू सुरु भइसकेको छ । विकास हुनु भनेको बाटो, कालोपत्र मात्रै नभई जिल्लाको सर्वाङ्गीण विकासका लागि खेलकुद, संस्कृति, वातावरण, खानेपानीको विकास हो । जिल्लाले विकासको काँचुली फेर्ने अवस्थामा रहेको छ’, वरिष्ठ नेता पौडेलले भने, ‘स्वच्छ वातावरणको विकासको अभियानमा हामी लागि रहेका छौँ ।’

सबै ग्रामीण क्षेत्रमा सडक पुर्‍याएकाले अब कालोपत्र गरी विकास गर्ने र सहज बनाउने उनले बताए । खेलकुदले देशलाई समृद्ध र चिनाउने काम गरेको उनले बताए । विश्वमा फुटबल खेल हेर्ने भएकाले अन्तर्राष्ट्रियस्तरमा पनि नेपाली खेलाडी उत्कृष्ट रहेको उनले बताए । खेलको विकासका लागि देशले सदैव सहयोग गर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ६ : ११ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने