विगतका वर्षभन्दा यसपालि फूलको माग उच्च « Khabarhub

विगतका वर्षभन्दा यसपालि फूलको माग उच्च


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरको भीमदत्त नगरपालिकाका जनक सिंहलाई फूल बिक्री गर्न भ्याइनभ्याइ छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरमा कृषि प्राविधिक पदमा कार्यरत उनले फूलखेतीबाट मनग्य आम्दानी गरेका छन् । शुभकार्य र सभासमारोहका लागि आवश्यकपर्ने फूल भारतबाटै आयात हुने गरेको भन्दै भारतीय आयातलाई थोरै भए पनि विस्थापित गर्न व्यावसायिक रुपमा फूलखेती गरेको उनले बताए ।

‘अहिले तिहारका लागि फूलको माग धेरै छ नेपालगञ्ज, धनगढी र दार्चुलाबाटसमेत फूलको माग आएको छ ।’ उनले भने ,’हामीले माग अनुसार दिन सकिरहेका छैनौँ ।’ उनले फूल खेतीमा राम्रो सम्भावना रहेकाले व्यावसायिक रुपमा फूलखेती गरेको बताए । 

‘जिल्लामा फूलखेती गर्ने किसान छैनन् हामीले पनि पहिलो पटक सुरुआत गरेका छौँ ।’ उनले भने–’दुई बिघा जमिन भाडामा लिएर फूलखेती थालेका हौँ यसलाई निरन्तरता दिनेछौँ ।’ उनले तिहारको समय र विवाहको सिजनमा फूल बढी खपत हुने गरेको बताए । अहिले निर्वाचनको समयमासमेत प्रचारप्रसारदेखि विजय जुलुसमा समेत फूलको माग हुने गरेको उनले बताए ।

‘प्रतिकिलो पाँच सयका दरले र प्रतिमाला सयका दरले बिक्री गरिरहेका छौँ’ उनले भने ‘एक किलो फूलको  पाँचदेखि सात मालासम्म बनाउन सकिन्छ ।’ दुई बिघामा फूलखेती गर्न पाँच लाख लगानी गरेको उनले बताए। ‘फूल बिक्रीबाट १५ लाखभन्दा बढी आम्दानी गर्न सकिन्छ’ उनले भने ‘यहाँ उत्पादन भएको फूल काठमाडौँसम्म पठाउने लक्ष्य छ ।’ उनले यसवर्ष सरकारले प्लास्टिकको माला खरिद बिक्रीमा रोक लगाएपछि सयपत्री फूलको माग अझ बढेको बताए ।

 ‘विगतका वर्षमा भन्दा अहिले फूलको माग धेरै छ’ उनले भने ‘अहिले भारतबाट आउने फूल पनि रोकिएको छ त्यसले पनि फूलको माग धेरै छ ।’

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ४ : १३ बजे

तीनतिर छरिएको कांग्रेस एक बनाउन मेरो निर्विकल्प उम्मेदवारी : नैनसिंह महर

काठमाडौँ – लामो समय पत्रकारिता पेसामा रहेका तथा नेपाली कांग्रेसको

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र