कतार विश्वकपको समूह चरणबाट बाहिरियो « Khabarhub

कतार विश्वकपको समूह चरणबाट बाहिरियो


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दोहा – आयोजक राष्ट्र कतार फिफा विश्वकप फुटबल २०२२ बाट बाहिरिएको छ। कतार जारी विश्वकपको समूह चरणबाट बाहिरिने पहिलो राष्ट्रसमेत बनेको छ। समूह चरणको खेल अन्तर्गत शुक्रबार राति नेदरल्यान्ड्स र इक्वेडरले १-१ गोलको बराबरी खेलेपछि कतार बाहिरिएको हो।

समूह ‘ए’ मा रहेको कतारले शुक्रबार नै सेनेगलसँग ३–१ ले पराजित भएको थियो। कतारले २ खेलमा दुई हार व्यहोर्दै अंक जोड्न सकेन। एक खेल खेल्न बाँकी हुँदा कतार पुछारमा छ। यस समूहमा नेदरल्यान्ड्स ४ अंक जोडेर शीर्ष स्थानमा छ।

इक्वेडर ४ अंक जोडेर दोस्रो तथा सेनेगल ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। आइतबार भएको उद्घाटन खेलमा इक्वेडरसँग २–० ले पराजित हुँदै कतारले खराब सुरुवात गरेको थियो।

सन् २०१० मा दक्षिण अफ्रिकापछि कतार नकआउट चरण नपुग्ने राष्ट्र बनेको छ। यस्तै समूहको दुई खेल हार्ने कतार पहिलो आयोजक राष्ट्र बन्यो।

कतारले अब अन्तिम खेलमा नेदरल्यान्ड्सको सामना गर्नेछ। आज पनि ट्युनेसिया र अस्ट्रेलिया, पोल्याण्ड र साउदी अरेबिया, फ्रान्स र डेनमार्क तथा अर्जिन्टिना र मेक्सिको बीच खेल हुँदैछ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : ५४ बजे

विष्णुमती नदी सरसफाइ (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका खोलानाला सरसफाइ अभियानमा तीव्रता

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलाको तीन लाख नाघ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान

खजुरा– जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि