मनाङमा जनसंख्याभन्दा बढी मतदाता « Khabarhub

मनाङमा जनसंख्याभन्दा बढी मतदाता


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसंख्या सबैभन्दा कम छ ।

विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसंख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको तथ्यांक विसं २०७४ को मतदाताको संख्याभन्दा कम देखिएको हो । विसं २०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसंख्या थियो भने विसं २०७४ को जनसंख्याभन्दा अहिलेको संख्या २५५ ले घटेको देखिएको छ ।

उक्त तथ्यांकअनुसार जिल्लाको जनसंख्याभन्दा मतदाता संख्या भने बढी देखिएको छ । विसं २०७७ चैतसम्म १८ वर्ष पूरा भएका मतदाता संख्या ६ हजार ३०९ रहेको थियो भने चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ६ हजार ६१२ मतदाता थपिएका छन् ।

अहिले सार्वजनिक भएको जनसंख्याभन्दा ९६७ संख्याले मतदाता बढी रहेको देखिएको छ । मतदाता संख्याभन्दा जनसंख्या कम भएपछि गणक, पर्यवेक्षक तथा निर्वाचन आयोगले संकलन गरेकामध्ये कुन चाहिँ तथ्यांक सही भनेर पहिचान गर्न मुस्किल भएको छ ।

जनगणना अनुसार नार्पाभूमि गाउँपालिकामा ४४२ अर्थात् सबैभन्दा कम जनसंख्या रहेको छ । प्रारम्भिक जनगणना पहिलो चरणमा गत भदौ ३० देखि असोज १८ सम्म र दोस्रो चरणमा गत कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ५ : १५ बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै