मुगुको खाद्यान्न गोदाम रित्तिदै, २ सय क्विन्टल मात्रै मौज्दात « Khabarhub

मुगुको खाद्यान्न गोदाम रित्तिदै, २ सय क्विन्टल मात्रै मौज्दात


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- हिमाली जिल्ला मुगुका खाद्यन्न गोदाम रित्तिन लागेका छन् । गोदाम रित्तिन लागेसँगै स्थानीयले खाद्यान्य अभावको सामना गर्नुपर्ने आशंका गर्न थालेका छन् ।

गमगढीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा हाल २ सय क्विन्टल मात्र चामल मौज्दात रहेको कार्यालयले जनाएको छ ।

मौज्दात चामल कम भएकाले खाद्यान्न अभाव हुने अवस्था कार्यालयका शाखा प्रमुख पुस्कर भामले बताए ।

सदरमुकाम गमगढीबाट हाल दुई प्रकारका चामल बिक्री भइरहेका छन् । जसमा जिरा मसिनो चामल र बास्मती चामल। कार्यालयका अनुसार २ सय किलो दाल मात्रै गोदाममा मौज्दात छ । २ सय क्विन्टल चामल बिक्री भइरहेको छ यो चामल पनि केही दिनमै सकिने प्रमुख भामको चिन्ता छ ।

जिल्लामा रहेका अन्य डिपो र बिक्री केन्द्र ६ महिनाभन्दा अघिदेखि रित्तिसकेका छन् । जिल्लामा खाद्यान्न अभाव हुने सिर्जना भएकाले शाखा कार्यालय मुगुबाट प्रादेशिक कार्यालय सुर्खेत नेपालगञ्ज, राजापुर, प्रधान कार्यालय काठमाण्डौं, खड्का निर्माण सेवा र बराल ढुवानी सेवालाई सदरमुकाम गमगढी बजार र यस कार्यालय मातहत रहेका डिपो र बिक्री केन्द्रहरूमा यथाशिघ्र चामल ढुवानी गर्न पटक पटक पत्र काट्दा समेत कुनै सुनुवाई नगरेको शाखा प्रमुख भामको भनाइ छ ।

मुगुका लागि यो वर्ष वार्षिक ११ हजार क्विन्टल चामल स्वीकृत भएको छ त्यसमा २ हजार क्विन्टल पुगिसकि विक्रि भई अहिले गोदाममा २ सय क्विन्टल मात्र चामल मौज्दात रहेको उनले बताए ।

हाल सोरुकोट डिपो केन्द्रमा १ सय ८० क्विन्टल चामल रहेको र त्यो चामल पनि केही दिनसम्म मात्र हुने र अन्य श्रीकोट , पुलु , डिपो केन्द्र र विक्रि केन्द्रहरु रित्तै भएको भामको भनाइ छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  १० : ५९ बजे

आईपीएल क्रिकेट : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)

भूमिहीन ३० दिनभित्र सम्पर्कमा आउनु : वीरगञ्ज महानगरपालिका

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले मुल सडक विस्तारको क्रममा पूर्णरुपमा भूमिहीन हुन

देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पश्चिमी

आज वैशाख शुक्ल नवमी : सीता जयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति

शनिबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण