पार्टी कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न जनमत पार्टीको माग « Khabarhub

पार्टी कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न जनमत पार्टीको माग


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- जनमत पार्टीले सर्लाही जिल्ला पार्टी कार्यालयमा तोडफोड र आगजनीमा संलग्नहरूलाई कारबाहीको माग गर्दै उजुरी दिएको छ ।

बिहीबार पार्टीको जिल्ला अध्यक्ष जवाहर यादव नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको हो । बुधबार मलंगवा नगरपालिका-८ स्थित कार्यालयमा जनता समाजवादी पार्टीका कार्यकर्ताहरूले जनमत पार्टीको ब्यानरमा आगो लगाउनुका साथै कार्यालयमा तोडफोड गरेका थिए ।

यसअघि, जनकपुरधाममा जनमतका कार्यकर्ताले जनप्रतिनिधिहरूका गाडीलाई निशाना बनाएर गरेको तोडफोडको प्रतिकारस्वरूप जसपाका कार्यकर्ताले पनि तोडफोड र आगजनी गरेका हुन् । जनमतका कार्यकर्ताको आक्रमणमा परी सर्लाहीका जसपा प्रदेश सांसद् अशोक यादवलगायत घाइते भएका थिए ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  १० : ५३ बजे

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान