स्नेहा श्रेष्ठ बनिन् पहिलो नेपाली महिला ब्यारिष्टर « Khabarhub

स्नेहा श्रेष्ठ बनिन् पहिलो नेपाली महिला ब्यारिष्टर


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – स्नेहा शाक्य श्रेष्ठ बेलायतमा प्राक्टिसिङ पहिलो नेपाली मूलकी महिला ब्यारिष्टर बनेकी छन् ।

ब्यारिष्टर बन्नका लागि अन्तिम तालिम (प्युपिलेज) यसै महिना (फेब्रुअरी) मा समाप्त गरे पछि उनी गत साता बेलायतको बार स्ट्याण्डर्ड बोर्डमा अभ्यासरत ब्यारिष्टरका रुपमा सूचीकृत भएकी हुन् ।

बार स्ट्याण्डर्ड बोर्डमा उल्लेख भएअनुसार उनले अपराध, परिवारसित सम्बन्धित बालबालिका र अध्यागमनका बारेमा कानुनी अभ्यास गर्नेछिन् । सिन्धुपाल्चोक चौतारा स्थायी घर भएकी स्नेहा सात वर्षको उमेरमा बेलायत आएकी थिइन् ।

उनले युनिभर्सिटी अफ इसेक्सबाट कानुनमा स्नातक तथा किँग्स कलेज लण्डनबाट कानुनमै स्नातकोत्तर गरेकी छिन् । प्राक्टिसिङ ब्यारिष्टरका रुपमा सूचीकृत भएपछि उनले आफूलाई खुशी लागेको प्रतिक्रिया दिइन् । धेरै लामो समयको अध्ययन र कठोर तालिम पछि ब्यारिष्टर हुन पाएको र यसक्रममा सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिइन् ।

ब्यारिष्टर बनेपछि आफ्नो व्यावसायिक चुनौती बल्ल शुरु भएको बताउँदै उनले नेपालीहरुलाई कानुनी परामर्शका क्षेत्रमा सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । बेलायतमा ब्यारिष्टर बन्न धेरै लामो प्रक्रिया पूरा गर्नुपर्छ साथै तीव्र प्रतिस्पर्धा पनि छ ।

कानुनमा विषयमा स्नातक गरेपछि बार प्रोफेसनल ट्रेनिङ कोर्स गर्नुपर्छ । बेलायतमा कानुन व्यवसायीलाई ब्यारिष्टर र सोलिसिटरमा वर्गीकरण गरिएको छ । ब्यारिष्टरले अदालतमा न्यायाधीशसामू बहस गर्ने गर्दछन् भने सोलिसिटरले मुद्दा लिने र मुद्दा तयार गर्ने गर्दछन् । बेलायतमा करिब १६ हजार सक्रिय ब्यारिष्टर छन् । जसमध्ये नेपाली मूलका तीनजना प्रा। डा। सूर्यप्रसाद सुवेदी, देवेन्द्रसिंह श्रेष्ठ र स्नेहा शाक्य श्रेष्ठ रहेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ६ : २३ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको