डोटीमा एक हजार ६९ जनाको उम्मेदवारी « Khabarhub

डोटीमा एक हजार ६९ जनाको उम्मेदवारी


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी – यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि डोटीका नौ स्थानीय तहका ३४३ पदका लागि एक हजार ६९ जनाको उम्मेदवारी दर्ता भएको छ ।

दिपायल सिलगढी नगरपालिकाको प्रमुखका लागि सात जनाको उम्मेदवारी परेको छ । उपप्रमुखका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । उक्त नगरपालिकाको नौ वडाध्यक्षका लागि ३७ जनाको उम्मेदवारी परेको छ भने खुला सदस्यमा ५६, महिला सदस्यमा २७ तथा दलित महिला सदस्यमा २८ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत बिदुर काफ्लेले जानकारी दिए ।

शिखर नगरपालिकाको प्रमुखमा पाँच र उपप्रमुखमा तीन जनाको उम्मेदवारी परेको छ । सो नगरपालिकामा ५७ पदमा १४८ जनाको उम्मेदवारी परेको छ । पूर्वीचौकी गाउँपालिकामा ३७ पदका लागि ११६, सायल गाउँपालिकामा ३२ पदका लागि ९६ जना, आदर्श गाउँपालिकामा ३७ पदका लागि १२० जना, केआइसिंह गाउँपालिकामा ३७ पदका लागि ११८ जना, बोगटान फुड्सिल गाउँपालिकामा ३७ पदका लागि ११५, बडिकेदार गाउँपालिकामा २७ पदका लागि ८२ जना तथा जोरायल गाउँपालिकामा ३२ पदका लागि ११५ जनाले उम्मेदवारी दर्ता गराएको स्थानीय तहमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।

डोटीमा सात पार्टीले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । डोटीका नौ स्थानीय तहमा कूल ६५ वडा छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन् । पाँच स्थानीय तहको प्रमुखमा माओवादी केन्द्रले तथा चार स्थानीय तहमा एकीकृत समाजवादीले उम्मेदवारी दर्ता गराएका छन् । सबै पार्टी घरदैलो अभियानमा जुटेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ११ : ४९ बजे

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा