ओलीलाई गगन थापाको जवाफ : बालकोट गएर ट्युसन पढाउन चाहन्छु « Khabarhub

ओलीलाई गगन थापाको जवाफ : बालकोट गएर ट्युसन पढाउन चाहन्छु


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी ओलीलाई ट्युसन पढाउने भएका छन् ।

ओलीले नेपाली कांग्रेसले बनाएको घोषणापत्रमा आफ्नो आइडिया चोरेको आरोप लगाएपछि त्यसको जवाफ दिँदै थापाले समय मिलेपछि बालकोट नै पुगेर ट्युन बढाउने बताएका हुन् । 

स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरूको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा बुधबार थापाले बालकोट नै पुगेर समृद्धि र समुन्नतिका विषयमा ट्युसन बढाउने बताएका हुन् । 

‘मेरो आइडिया चोर्‍यो भन्नुभएको छ । मलाई पनि अहिले दौडधूप छ । उहाँलाई पनि चुनाव लागेर दौडधुप चलिरहेको छ । अलिकति भ्याएको बेलामा म बालकोटै गएर ट्युसन पढाउनेछु । एउटा विषयमा त पढाउनै पर्ने भएको छ,’ उनले भने ।

ओलीलाई लजिक नभई म्याजिक मन पर्ने उनले बताए । आफूले बनाएको घोषणापत्रमा लजिकको कुरा भएको दाबी पनि गरे । ओलीको समृद्धिको आइडियामा अहङ्कारको भ्युटावर रहेको बताउँदै थापाले भने, ‘तपाईंको समृद्धिमा अहङ्कारको भ्युटावर छ । त्यो अहङ्कारको भ्युटावरबाट तल हेर्दा मान्छेहरू गान्टेमान्टे देखिन्छन् । हाम्रो समुन्नतिको आइडियामा तल भ्युटावरमुनि भएका गान्टेमान्टेहरूको जीवनको दुःख छ । त्यो दुःखलाई कसरी हल गर्ने भन्ने त्यसको समाधान छ ।’

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ४ : २३ बजे

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती

विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा