सत्ता गठबन्धनलाई बलियो बनाएर अघि बढ्नुपर्नेमा गृहमन्त्री खाँणको जोड « Khabarhub

सत्ता गठबन्धनलाई बलियो बनाएर अघि बढ्नुपर्नेमा गृहमन्त्री खाँणको जोड


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले पाँच दलीय सत्ता गठबन्धनलाई बलियो बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल तरुण दलले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले गठबन्धनको आधारमा नै वर्तमान सरकार रहेको उल्लेख गर्दै गठबन्धनका उम्मेदवारका पक्षमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए । उनले चितवनमा गठबन्धनभित्र देखिएको समस्या समाधान गर्ने भन्दै अन्य स्थानमा देखिएको समस्यामा पनि पार्टी नेतृत्वले समाधान गर्ने दावी गरे ।

उनले संविधान, लोकतन्त्र र नागरिकको अधिकार रक्षाका लागि गठबन्धन बनेको बताउँदै सोहीअनुसार पार्टी अघि बढेको धारणा व्यक्त गरे। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस अबका सबै निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बन्ने उनले बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले कांग्रेसलाई वडादेखि केन्द्रमा विजयी गराउन सकेमात्र कांग्रेसका विचार र उद्देश्य कार्यान्वयन गर्न सकिने बताए। उनले गठबन्धनका उम्मेदवारलाई साझा मानेर आबद्ध सबै दलले मतदान गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै काठमाडौँ महानगरपालिकामा गठबन्धनतर्फको उम्मेद्वार कांग्रेस नेत्री सिर्जना सिंहले युवा स्वरोजगार, युवालाई आर्थिकरूपमा आत्मनिर्भरता, महानगरको सरसफाइ, खानेपानी, नदी र सार्वजनिक जग्गा संरक्षण, संस्कृति संरक्षणलगायत आफ्ना योजनालाई कार्यान्वयन गर्ने दावी गरे ।

उनले कांग्रेसको विचार र पार्टीको घोषणापत्रमा उल्लेख भएका विषय कार्यान्वयनका लागि कांग्रेसलाई विजयी बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ७ : ४५ बजे

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता 

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ