काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बालेनको प्रतिवद्धता « Khabarhub

काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बालेनको प्रतिवद्धता


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र शाहले काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

काठमाडौंको स्वतन्त्र मेयर बनेर इतिहास रचेपछि पहिलो सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । ‘हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेका छौं’, उनले भने ।

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार र्‍यापपर वालेन्द्र साह निर्वाचित भएका छन् भने उपमेयरमा पूर्वमिस नेवा सुनिता डंगोल विजयी भएकी छिन्।

फरक पृष्ठभूमिका दुई युवाले महानगर नेतृत्व पाएपछि महानगरबासीमा मात्र होइन देशभर उत्साह देखिन्छ। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार वालेन्द्रले ६१ हजार ७६७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत पाएकी छन्। बालेन्द्र र सिर्जनाको मतान्तर २३ हजार ४२६ रहेको छ।

 

आफ्नो जितलाई सुरुवातको रुपमा लिएको बालेनको भनाइ छ । उनले विजय भन्दा पनि सहकार्यको सुरुवातको रुपमा यसलाई लिएको र भिजन र एजेण्डासहित पाँच वर्षकाम गर्ने उल्लेख गरेका छन् ।

‘आजबाट हामीले एउटा सुरूआतको रूपमा लिएका छौं। निर्वाचनको परिणाम जुन आएको छ। यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरूआत हुनेछ’, वालेनले भने, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको छ।’

नवनिर्वाचित मेयर बालेनले काठमाडौं महानगरलाई नै एउटा परिवारको रूपमा लिएको उल्लेख गरेका छन् ।
उनले थप भने, ‘काठमाडौं महानगर परिवारको रूपमा रहेको छ। सधै परिवार नै थियो र परिवारनै रहनेछ ।’

काठमाडौंको उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भइन्। उनले ६८ हजार ६१२ मत पाएकी छन्।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ८ : ४५ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट