छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बर्दिया, दाङ, पर्सा र नवलपरासी (पूर्व) मा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । 

बर्दियाको गुलरिया नगरपालिका–११ डल्लापुरमा बा.१ ञ १९०३ नम्बरको गाडीको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका–११ बस्ने सञ्जय यादवको छोरा लवकुश यादव रहेका छन् । उनको बिहीबार घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दाङको घोराही उपमहानगरपालिका–१० गुर्जेस्थित सडकमा रा.१ क ४७३ नम्बरको मिनी ट्रकले रा.५ प १५३ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–१८ बस्ने २४ वर्षीय भाग कुमार पुन रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

पर्साको पर्सागढी नगरपालिका–४ भेडिया खोलास्थित सडकमा ना.६ त १७५९ नम्बरको ट्रयाक्टर बिहीबार दिउँसो दुर्घटना एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार सोही ठाउँ बस्ने ११ वर्षीय सफराज देवान रहेका छन् । नवलपरासी बर्दघाट सुस्ता पूर्व हुप्सेकोट गाउँपालिका जवडाँडामा गएराती जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २६ वर्षीय महेन्द्र ढेंगा मगर रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर स्थित सरकारी अस्पतालमा मृत्यु भएको हो । पैदल हिँडिरहेका मगरलाई गएराती साढे १२ बजे लु १ ज २२७२ नम्बरको जिपले ठक्कर दिएको प्रहरी चौकी हुप्सेकोटले जनाएको छ । 

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १ : ०७ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था