बैंकको ब्याजदर पुनः बढ्ने संकेत‍ « Khabarhub

बैंकको ब्याजदर पुनः बढ्ने संकेत‍


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढाउने संकेत गरेको छ । राष्ट्र बैंकले आज मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै आर्थिक स्थायित्व कायम गर्न र मुद्रास्फीति नियन्त्रणका लागि ब्याजदर बढाउने संकेत गरको हो ।

राष्ट्र बैंकले आन्तरिक तथा बाह्य क्षेत्रमा जारी आर्थिक दबाब कम गर्न ब्याजदर बढाउनुपर्ने अवस्था आएको भन्दै भारत, अमेरिका, बेलायत, र ब्राजिलको उदाहरण समेत दिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको समीक्षा प्रतिवेदनमा आन्तरिक तथा बाह्य क्षेत्रमा रहेका दबाबलाई कम गरी समग्र आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य उपकरणहरु प्रयोग गरिने जनाइएको छ ।

मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितीका कारण आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिलाई थप बलियो बनाउँदै लगिने पनि राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको समीक्षामा कोभिड–१९ महामारीबाट खल्बलिएको विश्वको आपूर्ति तथा उत्पादन शृङ्खला रुस र युक्रेनबीचको युद्धका कारण थप प्रभावित हुन गएको र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धिले गर्दा मुद्रास्फीति विश्वव्यापी रुपमा बढ्दै गएको उल्लेख छ ।

विश्वव्यापी रुपमा बढ्दै गएको मुद्रास्फीति नियन्त्रण गर्न अधिकांश केन्द्रीय बैंकहरुले ब्याजदर वृद्धि गरेको र कोभिड लक्षित नीतिगत सुविधाहरुलाई पनि क्रमशः कटौती गरिरहेको उल्लेख गर्दै राष्ट्र बैंकले यस्ता कारणहरूले गर्दा अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२२ मा झैँ सन् २०२३ मा पनि विश्वको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने प्रक्षेपण गरेको जनाएको छ ।

सन् २०२२ मा विकसित मलकहरुको अर्थतन्त्र ३.३ प्रतिशतले विस्तार हने अनुमान रहेकोमा सन् २०२३ मा २.४ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ३ : ३३ बजे

आज २०८३ साल असार १६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १६ गते मंगलबार सन् २०२६

उपसभामुख ठाकुर रोपाइँमा सहभागी

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत