बैंकको ब्याजदर पुनः बढ्ने संकेत‍ | Khabarhub Khabarhub

बैंकको ब्याजदर पुनः बढ्ने संकेत‍


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढाउने संकेत गरेको छ । राष्ट्र बैंकले आज मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै आर्थिक स्थायित्व कायम गर्न र मुद्रास्फीति नियन्त्रणका लागि ब्याजदर बढाउने संकेत गरको हो ।

राष्ट्र बैंकले आन्तरिक तथा बाह्य क्षेत्रमा जारी आर्थिक दबाब कम गर्न ब्याजदर बढाउनुपर्ने अवस्था आएको भन्दै भारत, अमेरिका, बेलायत, र ब्राजिलको उदाहरण समेत दिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको समीक्षा प्रतिवेदनमा आन्तरिक तथा बाह्य क्षेत्रमा रहेका दबाबलाई कम गरी समग्र आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य उपकरणहरु प्रयोग गरिने जनाइएको छ ।

मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितीका कारण आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिलाई थप बलियो बनाउँदै लगिने पनि राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको समीक्षामा कोभिड–१९ महामारीबाट खल्बलिएको विश्वको आपूर्ति तथा उत्पादन शृङ्खला रुस र युक्रेनबीचको युद्धका कारण थप प्रभावित हुन गएको र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धिले गर्दा मुद्रास्फीति विश्वव्यापी रुपमा बढ्दै गएको उल्लेख छ ।

विश्वव्यापी रुपमा बढ्दै गएको मुद्रास्फीति नियन्त्रण गर्न अधिकांश केन्द्रीय बैंकहरुले ब्याजदर वृद्धि गरेको र कोभिड लक्षित नीतिगत सुविधाहरुलाई पनि क्रमशः कटौती गरिरहेको उल्लेख गर्दै राष्ट्र बैंकले यस्ता कारणहरूले गर्दा अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२२ मा झैँ सन् २०२३ मा पनि विश्वको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने प्रक्षेपण गरेको जनाएको छ ।

सन् २०२२ मा विकसित मलकहरुको अर्थतन्त्र ३.३ प्रतिशतले विस्तार हने अनुमान रहेकोमा सन् २०२३ मा २.४ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ३ : ३३ बजे

निर्वाचन तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री अर्याल

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका

मधेश प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी

पर्सा – मधेश प्रदेशसभा सदस्य विनादेखी शर्माको वीरगञ्ज महानगर–६ स्थित

देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान (तस्बिरहरू)

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य

‘अब सुन्छ अमेरिका’ टुर सकिएपछि एलिनाले भनिन्– कलाकारलाई नोकरझैँ गरियो, कैदीझैँ राखियो

काठमाडौँ– फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक

नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली