श्रीपाल इवाम नामग्याल मोनस्टिक स्कुल, लोमान्थाङ गाउँपालिका–३, छोनहुप, मुस्ताङ जिल्लाको स्तरोन्नति पूर्वाधारको उद्घाटन « Khabarhub

श्रीपाल इवाम नामग्याल मोनस्टिक स्कुल, लोमान्थाङ गाउँपालिका–३, छोनहुप, मुस्ताङ जिल्लाको स्तरोन्नति पूर्वाधारको उद्घाटन


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँस्थित भारतीय राजदूतावासका सहचारी नाम्ग्या सी खाम्पाले ले मुस्ताङ जिल्लाको लोमान्थाङमा रहेको एक विद्यालयको पूर्वाधारको स्तरोन्नतिको उद्घाटन गरेकी छिन् ।

उद्घाटन समारोहमा लोमान्थाङमा गाउँपालिकामा ३ मा रहेकाे श्रीपाल इवाम नामग्याल विहार विद्यालयलाई स्कुल बस र घारापझोङ गाउँपालिकालाई  एम्बुलेन्स उपहार दिइएको थियो ।

उक्त परियोजना मुस्ताङको जिल्ला समन्वय समिति भारत सरकारको अनुदान सहयोगमा रु २ करोड ६३ लाख लागतमा सञ्चालनमा आएको हो ।

भारतको स्वतन्त्रताको ७५ औँ वार्षिकोत्सवको अवसरमा उद्घाटन गरिएको जनाइएको छ । यसअनुसार भारतले नेपालमा यस वर्ष योसहित ७५ परियोजनाहरू अघि सारेको छ ।

सन् २००३ देखि, भारतले नेपालमा ५२७ क्षेत्रमा उच्च प्रभाव पार्ने सामुदायिक विकास परियोजनाहरू (एचआईसीडीपीहरू) मा सहभागिता जनाइसकेको छ । 

यसअनुसार नेपालका सबै ७ प्रदेशहरूमा स्वास्थ्य, शिक्षा, खानेपानी, जडान, सरसफाइ र अन्य सार्वजनिक सुविधाहरूको निर्माणको क्षेत्रमा ४७० परियोजनाहरू पूरा गरेको जनाइएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ६ : ३८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु