‘मधेश प्रदेशले सञ्चारमाध्यमलाई व्यवस्थित गर्नेछ’ : प्रादेशिक सञ्चारमन्त्री साह « Khabarhub

‘मधेश प्रदेशले सञ्चारमाध्यमलाई व्यवस्थित गर्नेछ’ : प्रादेशिक सञ्चारमन्त्री साह


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सञ्चारमाध्यमलाई व्यवस्थित बनाउने कार्यलाई प्रदेश सरकारले सुरु गरेको बताएका छन् ।

मधेस प्रदेश आमसञ्चार प्राधिकरणद्वारा अनलाइन सञ्चारमाध्यम दर्ता एवम् नवीकरण तथा कार्यालयको वेबसाइटको उद्घाटन कार्यक्रममा उनले सञ्चारमाध्यमको दर्ता अभिलेख तयार पार्ने र त्यसलाई व्यवस्थित बनाउने कार्यलाई सरकारले महत्वका साथ अघि बढाएको बताए ।

बिना दर्ता अव्यवस्थित रुपमा सञ्चालित सञ्चारमाध्यमलाई कानुनी दायरामा ल्याउनुका साथै लोककल्याणकारी विज्ञापनलगायत सेवासुविधा उपलब्ध गराउने बताउँदै मन्त्री साहले सञ्चारकर्मी र सञ्चारमाध्यमहरूको पेसागत हितका लागि योजनाबद्ध तयारी सरकारले अघि बढेको बताए ।

प्रदेश सरकारले ल्याएको पत्रकारको स्वास्थ्य बीमा कार्यक्रम उनीहरूको हितमा रहेकाले भन्दै मन्त्री साहले यसलाई व्यवस्थित बनाउन पत्रकार महासङ्घलगायत सरोकारवाला सङ्घ सङ्गठनहरूले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।

“मुलुकमा सङ्घीय व्यवस्था आइसकेकाले अब पत्रपत्रिकाको कामले काठमाडौँ जानुपर्ने अवस्था आउँदैन्,” मन्त्री साहले भने “अहिले पनि सङ्घबाट पत्रपत्रिकाको वर्गीकरण भइरहेको छ, यसबाट मधेसका पत्रपत्रिकाको जुन ढङ्गबाट मूल्याङ्कल हुनुपर्ने हो त्यो हुन नसकेकाले प्रदेश सरकार यसप्रति गम्भीर छ ।” अब प्रदेशबाटै यसलाई व्यवस्थित गर्ने मन्त्री साहको भनाइ थियो ।

आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेशकुमार कर्णलगायतले सञ्चारमाध्यमको व्यवस्थापनमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १० : ०० बजे

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा