निर्वाचनमा नेकपा (एस) को सफलतालाई उत्साहका रूपमा लिनुपर्छ : सहरी विकासमन्त्री झाँक्री « Khabarhub

निर्वाचनमा नेकपा (एस) को सफलतालाई उत्साहका रूपमा लिनुपर्छ : सहरी विकासमन्त्री झाँक्री


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माण भएको करिब आठ महिनाको अवधिमा स्थानीय तहको निर्वाचनमा पार्टीले प्राप्त गरेको सफलतालाई उत्साहका रूपमा लिनुपर्ने बताएकी छिन् ।

गुल्मी काठमाडौँ सम्पर्क मञ्चले शुक्रबार आयोजना गरेको स्थानीय तह निर्वाचनको समीक्षा कार्यक्रममा मन्त्री झाँक्रीले छोटो समयमा पार्टी र चुनाव चिह्न यति धेरै जनताका बीचमा पुग्न सक्नु र मत लिनुलाई ठूलो उपलब्धिका रूपमा लिनुपर्ने बताइन् ।

स्थानीय तह निर्वाचनमा देशका विभिन्न जिल्लामा भएको चुनावी गठबन्धन अधिकांश ठाउँमा सफल भएको बताउँदै उनले निर्वाचनमा भएका केही कमी कमजोरीलाई शिक्षाका रूपमा लिएर आगामी सङ्घ र प्रदेशको निर्वाचनमा जानुपर्नेमा जोड दिइन् ।

गुल्मेली जनताको आफू अभिभावक बन्ने बताउँदै मन्त्री झाँक्रीले आफू गुल्मेली जनताको साथ सहयोगबाट लामो समयदेखि राजनीतिमा सक्रिय भए पनि गुल्मेली जनताको प्रत्यक्ष जनमतबाट देश र जनताको सेवा गर्न आतुर रहेको उल्लेख गरिन् ।

पार्टीको सचिवसमेत रहेकी झाँक्रीले पार्टीका नेता तथा कार्यकर्ताहरुसँगै गुल्मेली जनतालाई निराश हुन नदिने र आगामी सङ्घको निर्वाचनमा गुल्मीबाट आफू उम्मेदवार बन्ने घोषणा गरिन् ।

गुल्मीको विकास र गुल्मेली जनताको जीवनस्तर उकास्ने आफ्नो प्रमुख काम भएको उनको भनाइ थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा गुल्मी इन्चार्ज गणेश खनाल, केन्द्रीय सदस्य प्रमेश पोखरेलका साथै स्थानीय नेताहरु शिव सुवेदी, समीर गौतम, दामोदर चालिसे, दयाराम पाण्डे, विक्रम जिएम, लक्ष्मण झाँक्री, जनक नेपालीलगायतले जिल्लाको स्थानीय तह निर्वाचनका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १० : १६ बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको