कोलम्बियामा साँढे जुधाउने प्रतियोगितामा रंगशालाको छेकबार भत्किँदा ४ जनाको मृत्यु | Khabarhub Khabarhub

कोलम्बियामा साँढे जुधाउने प्रतियोगितामा रंगशालाको छेकबार भत्किँदा ४ जनाको मृत्यु


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ल्याटिन अमेरिकी मुलुक कोलम्बियामा साँढे जुधाउने प्रतियोगिता ‘बुलफाइट’ का क्रममा छेकबार भत्किँदा ४ जनाको मृत्यु भएको छ ।

मध्य कोलम्बियाको टोलिमा रज्यको एल एस्पिनाल सहरमा भएको घटनामा अरु दर्जनौँ घाइते भएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

मृत्यु हुनेमा दुई महिला, एक पुरुष र एक बालक छन् । उक्त घटना कम्तीमा ३० जना गम्भीर घाइते भएको अधिकारीले जनाएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भिडियो फुटेजमा एल एस्पिनल रंगशालामा दर्शकहरूले भरिएको तीन तले काठको छेकबार भत्केको देखिन्छ ।

परम्परागत रुपमा ‘कोरलेया’ भनिने यस्ता कार्यक्रममा पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो रहेको बताइन्छ । हालै राष्ट्रपतिमा निर्वाचित गुस्ताभो पेट्रोले स्थानीय अधिकारीहरूलाई त्यस्ता कार्यक्रमहरूमा प्रतिबन्ध लगाउन आग्रह समेत गरेको जनाइएको छ ।

‘मानिसहरू वा जनावरहरूको मृत्यु हुने घटनाहरूलाई अनुमति नदिन म मेयरहरूलाई आग्रह गर्दछु’, उक्त घटनापछि उनले भने । यस्तो दुर्घटना पहिलो पटक नभएको पनि उनले बताए ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  २ : ५४ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण