चितवन राष्ट्रिय निकुञ्जमा पुगे एक वर्षमा दुई लाख पर्यटक | Khabarhub Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा पुगे एक वर्षमा दुई लाख पर्यटक


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- आर्थिक वर्ष २०७८-७९ मा झण्डै दुई लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । गत आवमा आन्तरिक र बाह्य गरी एक लाख ९० हजार ४५८ जनाले निकुञ्जको भ्रमण गरेका छन् ।

निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गत आवमा एक लाख ५५ हजार ६७१ आन्तरिक तथा १९ हजार ९८९ सार्क मुलुकका र १४ हजार ८०८ विदेशी नागरिकले निकुञ्जको भ्रमण गरेका थिए । एक वर्षको अवधिमा ७५ हजार २७७ महिला र ८० हजार ३४९ पुरुष (आन्तरिक पर्यटक)ले निकुञ्जको भ्रमण गरेका थिए । सार्क मुलुकका नौ हजार १३० महिला र १० हजार ८४९ पुरुष तथा विदेशी ६ हजार ७८० महिला र आठ हजार २८ पुरुषले निकुञ्जको भ्रमण गरेको तिवारीले जानकारी दिए ।

गत आवको चैतमा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । चैतमा २६ हजार २१८ जनाले निकुञ्जको भ्रमण गरेका थिए । चैतमा २० हजार ८६९ नेपाली, दुई हजार २४८ सार्क मुलुकका र तीन हजार १०१ विदेशी नगारिकले निकुञ्जको भ्रमण गरेका थिए । निकुञ्ज नवलपुर, नवलपरासी, चितवन, मकवानपुर र पर्सा जिल्लामा पर्ने भए पनि जिप सफारीका लागि चितवन र नवलपुरबाट मात्रै स्वीकृति प्रदान गरिएको छ ।

एघार करोड राजस्व सङ्कलन

चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा विभिन्न शीर्षकबाट रु ११ करोड ४९ लाख ९७ हजार राजस्व सङ्कलन गरेको छ । सूचना अधिकारी तिवारीका अनुसार निकुञ्जले सबैभन्दा बढी राजस्व पर्यापर्यटन शीर्षकबाट प्राप्त गरेको छ । निकुञ्जले पर्यापर्यटन शीर्षकबाट रु १० करोड २३ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ ।

निकुञ्ज प्रवेशवापत प्रतिव्यक्ति नेपालीले रु १५०, सार्क मुलुकका पर्यटकले रु एक हजार र विदेशीले रु दुई हजार राजस्व बुझाउने गर्दछन् । गत वर्ष निकुञ्जले पर्यटकबाट रु सात करोड २९ लाख ४५ हजार, जिप सफारीबाट रु दुई करोड ७८ लाख ८० हजार तथा डुङ्गा सफारीबाट रु १५ लाख ७३ हजार राजस्व सङ्कलन गरेको तिवारीले बताए।

त्यस्तै निकुञ्जले गैरकाष्ठ वन पैदावर (ढुङ्गा, गिट्टी तथा बालुवा) बिक्रीबाट रु ६९ लाख ४९ हजार, दण्ड सजायबाट रु ३२ लाख ११ हजार, काठ र दाउरा बिक्रीबाट रु सात लाख १७ हजार तथा अन्य शीर्षकबाट रु १७ लाख २० हजार राजस्व सङ्कलन गरेको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ११ : २२ बजे

विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनै

भौतिक पूर्वाधारमन्त्रीको दाबी- महानगरका सडकमा खाल्डा हाेलान्, सडक विभागका बाटामा छैनन्

काठमाडौं– सडक विभागले बनाएको बाटोमा खाल्डाखुल्डी नभएको भौतिक पूर्वाधार तथा

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन शाही मानहानि मुद्दाको बचाउ गर्दै अदालतमा

एजेनसी – थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले शाही मानहानिको आरोपविरुद्ध आफ्नो

एक वर्षे कार्यकाल सन्तोषजनक रह्यो : वनमन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले आफ्नो एक वर्षे

महिलामाथिका हिंसा रोक्न अनेमसंघको सुदूरपश्चिम सरकारलाई सात बुँदे ज्ञापन पत्र 

धनगढी– महिलामाथि बढ्दो हिंसा, हत्या, शोषण र सामाजिक अन्यायको घटनामा सरकार