न्याय परिषद्ले माग्यो २७ न्यायाधीशका लागि आवेदन « Khabarhub

न्याय परिषद्ले माग्यो २७ न्यायाधीशका लागि आवेदन


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- न्याय परिषद्ले २७ जना उच्च अदालतका न्यायाधीशका लागि आवेदन माग गरेको छ । बुधबार सूचना प्रकाशित गरी परिषद्ले योग्यता पुगेकाहरूले १० दिनभित्र आवेदन दिन आह्वान गरेको हो ।

सूचनाअनुसार संविधानको धारा १४० को उपधारा (२) बमोजिम उच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका इच्छुक व्यक्तिले न्यायाधीश नियुक्तिको प्रक्रियासम्बन्धी निर्देशिका, २०७९ को अनुसूची–१ बमोजिम स्वघोषणा पत्र समेत संलग्न गरी आवेदन दिन सक्नेछन् ।

यसैगरी, कानुन व्यवसायीमध्येबाट आवेदन दिन चाहनेहरूले निर्देशिकाको दफा ५ उपदफा (२) को (ग) बमोजिम १० वर्षको कम्तीमा वार्षिक पाँच वटा फैसला वा आदेशका दरले कम्तीमा एक सय फैसला वा अन्तिम आदेशको प्रतिलिपि र तीन वर्षको कानुन व्यवसायबाट आर्जित आयमा कर तिरेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा कानुन र न्यायको क्षेत्रसँग सम्बन्धित विषयमा प्रकाशित कम्तीमा १० वटा अनुसन्धानमूलक लेख तथा रचना अनिवार्य पेस गर्नुपर्ने परिषद्ले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ३ : ०१ बजे

कांग्रेसको एकता जोगाउन तेस्रो समूह सक्रिय, दबाबका लागि देशव्यापी हस्ताक्षर अभियान चलाउने

काठमाडौं- नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवादले पार्टी, संगठन र

शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल उद्योग वाणिज्य संघका

इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकामाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति

रूसमा युक्रेनी आक्रमण : १३ जनाको मृत्यु, ७५ घाइते

एजेन्सी– रूसको तातारस्तान क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक बालकसहित

अस्ट्रेलिया र भियतनामबीच व्यापारिक सम्झौता

एजेन्सी– क्यानबेरामा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिज र भियतनामका राष्ट्रपति टो