हुप्सेकोटमा स्वास्थ्य शिविर, काठमाडौँ र भरतपुरका चिकित्सकले सेवा दिने « Khabarhub

हुप्सेकोटमा स्वास्थ्य शिविर, काठमाडौँ र भरतपुरका चिकित्सकले सेवा दिने


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कावासोती – निजामती सेवा दिवसको अवसर पारेर पूर्वी नवलपरासीको हुप्सेकोटमा तीन दिने स्वास्थ्य शिविर सुरु भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निजामती कर्मचारी अस्पतालको आयोजनामा सुरु भएको शिविरमा करिब पाँचहजार बिरामीले सेवा लिने जनाइएको छ ।

शिविरमा निजामती कर्मचारी अस्पताल काठमाडौँ र भरतपुर अस्पताल चितवनका ५० बढी चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा दिने निजामती कर्मचारी अस्पताल काठमाडौंका आर्थिक तथा प्रशासान विभाग प्रमुख कृष्ण सापकोटाले बताए।

सापकोटाका अनुसार शिविरमा स्त्री तथा प्रसूति, हाडजोर्नी, छाला, पेट, दन्त, नाक, कान, घाटी, मुटु तथा रेडियोलोजी सम्बन्धी सेवाहरु निःशुल्क उपल्बध हुनेछ । सो शिविरको प्रधानमन्त्री तथा मन्त्रीपरिषदका कार्यालयका सचिव मधुकुमार मरासिनीले शुक्रबार उदघाट्न गरेका छन्।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ६ : ४८ बजे

आँट गरेरै सर्लाहीबाट उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४

विश्व राजनीति : ईयु– अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले ग्रिनल्याण्ड विवादका कारण बढ्दो तनावको

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र