भीमसेन सतल भक्तपुर नगरपालिकालाई हस्तान्तरण  « Khabarhub

 भीमसेन सतल भक्तपुर नगरपालिकालाई हस्तान्तरण 


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छे परिवारको नाममा रहेको निजी गुठीको एउटा सतलघर भक्तपुर  नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको सय दिनको अवसरमा शनिबार निजी गुठीका सञ्चालक गणेशमान बिजुक्छेंका माहिला छोरा प्रयागमान बिजुक्छेँमार्फत नगरप्रमुख सुनिल प्रजापतिलाई सत्तल हस्तान्तरण गरिएको हो । 

गणेशमान नारायणमानका पिता हुन् । गणेशमानका पाँच छोरामध्ये नारायणमान जेठा छोरा हुन् । हस्तान्तरण कार्यक्रममा बिजुक्छें दाजुभाईइका कान्छो भाई एवं भक्तपुर नगरपालिका-५ का वडाअध्यक्ष योगेन्द्रमान बिजुक्छेले भीमसेन सतलको इतिहासबारे बताएका थिए । सत्तललाई जोडेर विपक्षीले सधैँ राजनीतिक मुद्दा बनाएको र अब उनीहरूले त्यो मुद्दा बनाउन नसक्ने बताए । विविध कारणले पहिलादेखि नै उक्त सतल नगरपालिकालाई हस्तान्तरण गर्न नपाएको उनले बताए ।

सत्तल हाल भक्तपुर नगरपालिका-५ सुकुलढोकामा पर्छ । यहाँ पहिला भीम आदर्श निम्न माध्यमिक विद्यालय रहेकोले यस स्कुललाई भीम आदर्श स्कुलको सत्तल भनी धेरै चिन्दछन्सतल दुई कितामा विभाजित छ । दुवै कित्ताको सतल हस्तान्तरण गरिएको हो । एक आना दुई पैसा दुई दाम र एक आना एक पैसा गरी दुई कितामा सत्तल छ । 

कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापतिले नगरपालिकामा हस्तान्तरण गरिएको सतलको इतिहासबारे थप अनुसन्धान गरी आवश्यकताअनुसार संरक्षण गर्ने बचन दिए ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  २ : ५६ बजे

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा– ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप समुदायस्तरमा

विपद्का घटनामा परी एकैदिन ७ जनाको मृत्यु, २५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा  देशभर विभिन्न प्रकारका विपद्जन्य घटनामा परी

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली– कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच आगामी

विभिन्न घटकलाई एकीकृत गर्दै साहको अध्यक्षतामा कमन जेन-जी नेपालको केन्द्रीय कमिटी पुनर्गठन 

काठमाडौं– कमन जेन-जी नेपालको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।

सावाखोलामा पक्की पुल निर्माण

खोटाङ– सावाखोलामा तीन करोड सात लाख ७३ हजार ५९८ रुपैयाँको लागतमा मोटरकारलगायत