एमाले केन्द्रीय कमिटीको चौथो बैठक सम्पन्न « Khabarhub

एमाले केन्द्रीय कमिटीको चौथो बैठक सम्पन्न


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठक सम्पन्न भएको छ । बैठकले पार्टीलाई वैचारिकरूपले एकताबद्ध पार्दै र कार्यशैलीका हिसाबले एकरूपता ल्याउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पास गर्दै सम्पन्न भएको छ । बैठकले एकताको सन्देश प्रवाह गरेको विश्वास लिएको पार्टीको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए ।

बैठकको पहिलो निर्णयमा पार्टी अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि नौ वटा अलग अलग समूहले छलफल गरेको र उक्त छलफलबाट प्राप्त उपयुक्त सुझावलाई अध्यक्षले मनन् र प्रस्तुत गरि पारित गरेको छ ।

दोस्रो निर्णयमा केन्द्रीय सल्लाहकार परिषद, केन्द्रीय अनुसन्धान आयोग, केन्द्रीय लेखा आयोग र निर्वाचन आयोगको अध्यक्षले आ–आफ्नो आयोगको काम र अपेक्षाको बारेमा जानकारी दिए । बैठकले उक्त जानकारी ग्रहण गरेको छ ।

यस्तै, आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावका बारेमा उम्मेदवार मापदण्ड र सिफारिससम्बन्धी व्यवस्था तय गरेको छ । जिल्ला समन्वय कमिटीले प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस गर्ने, एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा जिल्ला कमिटीले उम्मेदवार सिफारिस गर्नेलगायत निर्णय गरेको छ । यही रितमा प्रदेशसभा सदस्य उम्मेदवारको पनि सिफारिस गर्ने बैठकले निर्णय गरेको छ । निर्वाचनका लागि उम्मेद्वारहरुको सिफारिस प्रक्रिया २२ भदौभित्र टुङ्ग्याउने निर्णय पनि भएको छ । बैठकले २२ भदौभित्र क्षेत्र, जिल्ला र  प्रदेशबाट उम्मेद्वार सिफारिस प्रक्रियाको काम सक्ने निर्णय पनि गरेको एक नेताले बताए । बैठकमा अध्यक्ष केपी ओलीले २० भदौभित्र उम्मेदवार सिफारिस सकेर अन्तिम छनौट गर्ने प्रस्ताव गरेका थिए । 

हाल समानुपातिबाट सांसद रहेका पार्टी नेतालाई दोहोर्‍याउन नहुने निर्णय पनि गरेको छ । यस्ता क्षेत्रमा पालैपालो वितरण प्रणाली लागू गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख गुरुङले बताए । यस्तै, स्थानीय तह वा कुनै पनि तहका बहालवाला जनप्रतिनिधिलाई राजिनामा गराएर प्रतिनिधिसभा वा प्रदेशसभा निर्वाचनमा सहभागी गर्नु नहुने र यहाँ पनि अवसरको न्यायोचित वितरण आर्कषित हुने बैठकले निर्णय गरेको छ । 

पछिल्लो पटकको कुनै पनि तहको निर्वाचनमा पराजित भएका उम्मेदवारहरूलाई पनि अबको निर्वाचनमा उम्मेदवार बनाइनु नहुने उनले बताए । तर, जनाधार भएका र अन्य पार्टीबाट एमाले प्रवेश गरेकाहरूका हकमा भने यो निर्णय उपयुक्त नहुन सक्छ । तर, प्रत्यक्षतर्फ भने यो निर्णय लागू नहुनसक्छ ।

बैठकले एक पार्टी सदस्य बराबर दुई मतदाता थप्ने योजनासहित सबै टोल टोलमा भेला गर्ने र हरेक घरमा एक सदस्य विस्तार अभियानसहित चुनावी अभियान चलाउने निर्णय पनि गरेको छ । स्थानीय तहमा प्राप्त ३४ प्रतिशतलाई ५० प्रतिशत पुर्याएर बहुमत ल्याउनेगरी एमालेले मजत्वकांक्षी लक्ष्य निर्धारण गरेको छ । 

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ४ : ४३ बजे

पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरू)

भोजपुर– खोटाङ र भोजपुरको सीमा क्षेत्रमा अवस्थित भोजपुर टेम्केमैयुङ गाउँपालिकाको

काठमाडौं महानगरका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौं– विगतका वर्षहरूमा भन्दा आगामा शैक्षिक शत्रका लागि काठमाडौं महानगरपालिका

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– रुकुम पूर्वमा भएको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

कांग्रेस सहमहामन्त्री राणाको प्रस्ताव : भावी प्रधानमन्त्रीका उम्मेदवारूबीच सार्वजनिक बहस गराऊँ

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री तथा ललितपुर क्षेत्र नम्बर २ बाट

नेपाली सेनाको हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा समापन

सिन्धुलीगढी– नेपाली सेनाको मध्यपूर्वी पृतनाले सिन्धुलीको हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म सञ्चालन गरेको