कर्णालीमा मिटरब्याजीविरुद्ध २२ उजुरी « Khabarhub

 कर्णालीमा मिटरब्याजीविरुद्ध २२ उजुरी


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– थोरै समयका लागि ऋण दिएर चर्को ब्याज लिने गैरकानुनी धन्दा ‘मिटर ब्याज’ को जालोमा कर्णालीका थुप्रै व्यक्ति परेको पाइएको छ । तत्कालै धेरै कमाइने लोभले मिटर ब्याजमा लगानी गरेका र ऋण लिएका दुवै पक्ष अहिले बिचल्लीमा छन् । स्थानीय प्रशासनले उक्त अवैध कारोबारमा पीडित बनेकालाई उजुरी दिन आह्वान गरेपछि त्यस्तो धन्दामा संलग्नहरूको संख्या धमाधम खुल्न थालेका हुन् ।

गृह मन्त्रालयको पछिल्लो विवरणअनुसार कर्णाली प्रदेशभरि मिटर ब्याज कारोबारबाट ठगिएको भन्दै २२ जनाले उजुरी दिएका छन् । यसरी उजुरी दिनेमा सुर्खेतका धेरै छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सूचनामार्फत पीडितलाई उजुरी दिन भनेको थियो । सुर्खेतमा मात्र ११ वटा उजुरी परेका छन् । तीमध्ये अधिकांश उजुरी वीरेन्द्रनगरभित्रका हुन् । यसले पनि सहरी क्षेत्रमा मिटर ब्याजको धन्दा बढी हुने गरेको देखिएको छ ।

चर्को ब्याजमा ऋण दिएर ठग्दै आएका घटनाहरू बाहिरिएपछि गृह मन्त्रालयले २८ साउनमा सूचना जारी गरेर ५ भदौभित्र सम्बन्धित जिल्ला प्रशासनमा त्यस्ता पीडितहरूलाई उजुरी दिन अनुरोध गरेको थियो । प्रशासन कार्यालयहरूले त्यसयता पनि उजुरी आउने क्रम भने जारी रहेको जनाएको छ । मिटर ब्याज पीडित आउनेक्रम रहिरहेकोले गृह मन्त्रालयले म्याद थप समेत गरेको छ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेका अनुसार एक जनाले आफू २३ जना व्यक्तिबाट पीडित भएको भन्दै उजुरी दिएका छन् । ती व्यक्तिले २३ जना मिटर ब्याजीविरुद्ध उजुरी दिएको उनले जनाए ।

प्रशासन कार्यालयमा आएका उजुरीको विवरण हेर्दा चर्को ब्याजमा ऋण दिएर अटोपास गर्ने, तमसुक गर्ने, खाली चेक दिने, रकम असुल नभए मुद्दा गर्ने, बाध्यतामा पारेर घरजग्गा आफ्नो नाममा बनाउने लगायतका गतिविधि हुने गरेको पाइएको छ । यस्ता प्रकृतिका उजुरी धेरै आएको सहायक प्रजिअ पाण्डेले बताए ।

सहायक प्रजिअ पाण्डेले मिटर ब्याजीविरुद्ध आएका उजुरीहरूको अब अध्ययन थालिने बताए । 

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ४ : ५९ बजे

विभागको आग्रह : साना नदीहरूमा बहाव बढ्न सक्छ, सतर्कता अपनाउनू

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले देशका स-साना नदीहरूको बहाव

इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित

इन्डोनेसिया– पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार गएको शक्तिशाली भूकम्पपछि करिब

नामीले नेपालमा नयाँ भिगो ई२ ‘फुल एसयूभी’ सार्वजनिक गर्ने

काठमाडौं– नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले आगामी

९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन