सडक पुनः निर्माणको काम अगाडि बढाइदै  « Khabarhub

सडक पुनः निर्माणको काम अगाडि बढाइदै 


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– पहिराका कारण बन्द यहाँस्थित बनुवा घुम्तीको पासाङल्हामु मार्ग खुलाउने प्रयास अगाडि बढेको छ ।

गत साउन २५ गते रातिको वर्षासँगै आएको भल पानी अनियन्त्रित हुँदा पहिरो गई क्षति पुगेको करिब ४० मिटर भूभाग सडकमा ग्याबिन भर्ने काम छिटो छरितो अगाडि बढिरहेको हो । बीस मिटरभन्दा बढी गहिरो जोखिम स्थानमा संयमतापूर्वक गयाबिन पर्खाल लगाउनका लागि दैनिक ३५ कामदार परिचालन भइरहेको प्राविधिकले बताएका छन् । हालसम्म चार मिटर ग्याबिन भर्ने काम मात्र सम्पन्न भएको बताइएको छ ।
नेपाल–चीनबीचको व्यापार व्यवसाय अभिवृद्धि गर्ने सडक मार्ग भएका कारण छिटोछरितो काम अगाडि बढिरहेको छ । गयाबिन पर्खाल निर्माणमा संलग्न निर्माण व्यवसायी रवीन्द्र बुढाथोकीका अनुसार उक्त मार्ग आगामी आगामी असोज ७ गतेभित्र पूर्णरूपमा सञ्चालन गराइसक्ने लक्ष्यका साथ काम अगाडि बढिरहेको छ ।

बनुवा घुम्ती इलाका क्षेत्रको उक्त प्रमुख मार्ग पहिराले क्षति पुर्‍याएपछि हल्का सवारीसाधन धारापानी, तारुके, बेलचौर आमभञ्ज्याङतर्फको ग्रामीण सडकबाट सञ्चालन गरिएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ । ठूला सवारी साधन सञ्चालन हुन नसक्दा उत्तरी क्षेत्रमा दैनिक उपभोग्य बस्तुको अभाव खड्किन थालेको छ ।

गत साउन २५ गते जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड जाने यात्रुलाई समेत सो पहिराले प्रभावित बनाएको स्थानीय बासिन्दाले बताएका छन् । सडक लड्नुको मुख्य कारण नालीको पानी थुनिरहेको स्थानीय बासिन्दाको भनाइ छ । गुह्रेखोला, भट्टगाउँ, ढाडेखोला समेतबाट एकत्रित भई आएको पानीले भीषण पहिरो आएका कारण नौबिसे क्षेत्रका १८ घर परिवारसमेत प्रभावित भएका छन् । सडकभन्दा केही दूरी तल सयौँ रोपनी धान खेतमा समेत क्षति भएको छ ।

वैकल्पिक मार्गका रूपमा बनुवा, चौकेटार हुँदै बोगटीटार तर्फबाट समेत सञ्चालन गराउन सकिने र सो मार्गमा प्रदेश सरकारको अनुदान सहयोगमार्फत ढाडेखोलामा गयाबिन भर्ने काम अगाडि बढेको उत्तरगया गाउँपालिका–५ का वडाध्यक्ष यमनाथ आचार्यले बताए  ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ६ : ३५ बजे

विभागको आग्रह : साना नदीहरूमा बहाव बढ्न सक्छ, सतर्कता अपनाउनू

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले देशका स-साना नदीहरूको बहाव

इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित

इन्डोनेसिया– पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार गएको शक्तिशाली भूकम्पपछि करिब

नामीले नेपालमा नयाँ भिगो ई२ ‘फुल एसयूभी’ सार्वजनिक गर्ने

काठमाडौं– नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले आगामी

९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन