भारतका नयाँ प्रधानन्यायाधीश ललितले लिए शपथ « Khabarhub

भारतका नयाँ प्रधानन्यायाधीश ललितले लिए शपथ


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली –भारतका नवनियुक्त प्रधानन्यायाधीश उदय उमेश ललितले सपथ ग्रहण गरेका छन्।

तत्कालीन प्रधानन्यायाधीश एनभी रमणले अवकाश पाएको भोलिपल्ट उहाँले शनिबार बिहान सपथ ग्रहण गरेका हुन् ।

उहाँलाई राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा सपथ गराएक थिए । उनी भारतको ४९ औँ प्रधानन्यायाधीश बनेका छन् ।

उहाँको कार्यकाल आगामी नोभेम्बर ८ सम्म मात्रै रहने भएको छ । झण्डै तीन महिने कार्यकालमा उहाँले तीन कामलाई प्राथमिकता दिने बताए ।

अवकाश प्राप्त प्रधानन्यायाधीशलाई बिदाई गर्न आयोजित कार्यक्रममा नवनियुक्त प्रधानन्यायाधीश ललितले मुद्दालाई सरलीकृत गर्ने, छिटो छिटो टुङ्ग्याउने र पारदर्शी बनाउने जानकारी दिएका थिए ।

उनी न्यायाधीश हुनु अघि भारतमा चर्चित अधिवक्ता थिए । अधिवक्ता मध्येबाट न्यायाधीश हुँदै प्रधानन्यायाधीश हुने उनी दोस्रो व्यक्ति हुन् ।

 

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  १० : ०३ बजे

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

‘मर्स्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन’

काठमाडौं– मनाङको चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिए