म्यादी प्रहरी : माग ८४३, आवेदन दिने १६७३ « Khabarhub

 म्यादी प्रहरी : माग ८४३, आवेदन दिने १६७३


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

जुम्ला –  मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले जुम्लाका लागि आठ सय ४३ जना म्यादी प्रहरी माग गरे पनि दुई गुनाभन्दा बढीले आवेदन दिएका छन् । सरकारले ६ देखि ९ असोजसम्म आवेदन दिनसक्ने गरी सूचना जारी गरेको थियो । यस अवधिका जुम्लाबाट एक हजार ६ सय ७३ जनाले आवेदन दिएका छन् । 

आवेदन दिनेमध्ये चार सय ५८ महिला रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोसीले  जानकारी दिए । उनले भने, ‘मागभन्दा दोब्बर आवेदन आउनुले बढ्दो बेरोजगारी दरको संकेत गर्छ । स्थानीय स्तरमा रोजगारको कुनै मध्यम छैन । उनीहरू मध्यबाट म्यादी प्रहरी चयन भइरहेको छ । आज छनोट प्रक्रिया सकिएको छ ।’ 

उनका अनुसार म्यादी प्रहरीको कार्यअवधि तालिम सुरु भएदेखि ४० दिनसम्मको हुनेछ। त्यसका लागि मासिक ३० हजार दुई सय ४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ। प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत सात हजार दुई सय रुपैयाँ, पोसाक र अन्य खर्चका लागि ६ हजार रुपैयाँ, यातायात खर्चबापत एक हजार रुपैयाँ र बिमा सुविधा समेतको व्यवस्था गरिएको छ। 

जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालका अनुसार म्यादी प्रहरी छनौट प्रक्रिया मंगलबार सकिएको छ । उनले भनिन्, ‘बुधबार ८ बजे लिखित परीक्षा हुँदैछ । यही १४ असोजसम्म मौखिक परीक्षा सकिन्छ । यही २५ असोजमा फाइनल नतिजा आउने  छ ।’ 

 

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ५ : ३० बजे

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र