पहिलो चौमासिकमा आयकर र भ्याट संकलन न्यून « Khabarhub

पहिलो चौमासिकमा आयकर र भ्याट संकलन न्यून


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालू आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक अवधिमा आयकर र मूल्य अभिवृद्धिकर संकलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार कात्तिक मसान्तसम्ममा अन्तःशुल्कतर्फको राजस्व मात्रै लक्ष्यअनुसार संकलन भएको देखिएको हो ।

विभागका अनुसार आयकर पहिलो चौमासिक लक्ष्यको ८१ दशमलव नौ प्रतिशत बराबर संकलन भएको छ । कात्तिक मसान्तसम्ममा ४८ अर्ब ९१ करोड सात लाख ५८ हजार आयकर संकलन गर्ने सरकारी लक्ष्य छ । यो अवधिसम्मको वास्तविक आयकर संकलन भने ३८ अर्ब २९ करोड ६६ लाख ५३ हजार रहेको छ । 

गत आव २०७८/७९ को पहिलो चौमासिकमा ४७ अर्ब २२ करोड ९० लाख ९६ हजार आयकर संकलन भएको थियो । पहिलो चौमासिकमा भ्याट असुली पनि लक्ष्यभन्दा न्यून छ । कात्तिक मसान्तसम्ममा ४१ अर्ब ९४ करोड ७६ लाख ६० हजार भ्याट संकलन गर्ने सरकारी लक्ष्य रहेकामा ३४ अर्ब ४७ करोड ८४ लाख १९ हजार बराबर मात्रै असुली भएको हो । 

त्यो पहिलो चौमासिक लक्ष्यको ८२ दशमलव १९ प्रतिशत बराबर हो । यो अवधिमा अन्तःशुल्कतर्फको राजस्व लक्ष्य भने भेटिएको छ । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ३० अर्ब ६५ करोड ३८ लाख चार हजार अन्तःशुल्क संकलन गर्ने लक्ष्य राखिएकामा ३४ अर्ब ६० करोड ७२ लाख ४२ हजार असूली भएको हो ।

सो असुली पहिलो चौमासिक लक्ष्यको एक सय १२ दशमलव ९२ प्रतिशत बराबर हो । त्यस्तै घरबहाल कर लक्ष्यको ६९ दशमलव ७४ प्रतिशत बराबर मात्रै उठेको छ । कात्तिक मसान्तसम्ममा रु एक अर्ब ६९ करोड १३ लाख घरबहाल कर उठाउने विभागको लक्ष्य छ । यो अवधिमा रु ६४ करोड ४२ लाख तीन हजार बराबर मात्रै उठेको हो । 

शिक्षा सेवा कर पनि लक्ष्यभन्दा न्यून छ । यो अवधिसम्ममा रु ५३ करोड २३ लाख ५२ हजार शिक्षा कर उठाउने लक्ष्य रहेकामा ५० करोड ८६ लाख ९५ हजार मात्रै उठेको छ । स्वास्थ्य सेवा कर भने लक्ष्यभन्दा बढी उठेको छ । पहिलो चौमासिकमा रु एक अर्ब ३६ करोड ११ लाख २० हजार बराबर स्वास्थ्य सेवा कर उठाउने लक्ष्य रहेकामा एक सय ८३ दशमलव १५ प्रतिशत अर्थात् रु दुई अर्ब ४९ करोड २९ लाख १६ हजार असुली भएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  १ : ४९ बजे

टियागो इभिमा मेडिकल प्रोफेसनलका लागि विशेष अफर

काठमाडौं– टाटा मोटर्स नेपालका लागि आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले टियागो इभिमा विशेष

प्रभुका अर्का उच्च अधिकारी पक्राउ, बैंकिङ कसुरमा तानिए रेमिट्यान्स विभाग प्रमुख शाक्य

काठमाडौं- बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप कसूरमा

‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’

काठमाडौं– अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर

दोस्रो क्वालिफायर खेल्न काठमाडौंले लुम्बिनीलाई दियो ११२ रनको सहज लक्ष्य

काठमाडौं – नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार

उपराष्ट्रपति यादवसँग कतारका राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल