श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउँछाै : श्रम मन्त्री कुँवर « Khabarhub

श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउँछाै : श्रम मन्त्री कुँवर


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अनौपचारिक क्षेत्र, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन् ।

पाँचौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आज आयोजना गरेको कार्यक्रममा उनहाँले सामाजिक सुरक्षा योजनालाई योगदानकर्ता मैत्री बनाइने प्रतिबद्धता व्यक्त गरे

“कोषले सञ्चालनमा ल्याएका योजना आवश्यकताका आधारमा परिमार्जन हुँदै आएका छन्”, उनले भने, “यसबाट सामाजिक सुरक्षाको दायरा फराकिलो भएको छ, सामाजिक सुरक्षाको हकबाट कोही पनि वञ्चित हुनुपर्दैन ।” कोषको दायरा बढाउँदै श्रमिकका परिवारलाई उद्यमशीलतासँग जोड्ने सरकारको योजना रहेको उनको भनाइ छ ।

श्रम मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष एकनारायण अर्यालले कोषमा आबद्ध हुन रोजगारदाता र श्रमिकले कुनै अप्ठ्यारो मान्न नहुने जनाउँदै कोषले योगदानकर्तालाई आकर्षक सेवासुविधा प्रदान गर्दै आएको बताए ।

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ मा संशोधन गरी सुविधालाई योगादनमैत्री बनाउँदै लगिएको बताए । योगदानकर्ताका पति वा पत्नीको औषधि उपचार खर्च र योगादनकर्ताको घातक रोग उपचारको खर्च कोषले व्यहोर्ने गरी कार्यविधि संशोधन गरिएको उनको भनाइ छ ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका महासचिव नवराज दाहालले सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा सरकारले क्रियाशिलता देखाउनुपर्ने बताए । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक क्षेत्र तथा स्वरोजगार श्रमिकलाई तत्काल सामाजिक सुरक्षाको योजनामा ल्याउन माग गरे ।

गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष रविना थापाले विदेशमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सरकारले तत्काल सकारात्मक पहल गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ९ : ११ बजे

यमनमा झडपमा ८१ लडाकू मारिए

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी

दुई जनाको उद्धारपछि प्राधिकरणका सुपरभाइजर नेतृत्वको टोली त्रिशूली–३ ‘ए’ सुरुङभित्र पस्यो

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका

एक सातादेखि च्यामको फोरजी टावर ठप्प

हुम्ला– जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि

नेपाली मूलकी अधिकारीले अमेरिकामा खोलिन्का इरोसहेलिक्स कम्पनी

काठमाडौं– नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा क्लिनिकल प्रविधि कम्पनी काइरोस

गृहमन्त्री भन्छन्- हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूलाई पुरानै शैलीबाट आफूहरूलाई काम गर्न