नेपाल टि ट्वान्टी क्रिकेट लिग : लुम्बिनीद्वारा पोखरा पराजित « Khabarhub

नेपाल टि ट्वान्टी क्रिकेट लिग : लुम्बिनीद्वारा पोखरा पराजित


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिग प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा लुम्बिनी अल स्टार विजयी भएको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लुम्बिनी अल स्टारले पोखरा एभेन्जर्सलाई तीन विकेटले पराजित गरेको हो । पोखराले दिएको १३४ रनको लक्ष्य लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो ।

 लुम्बिनीको जितमा कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए भनेसाडले भान स्काल्कविकले अविजित ३१ रन बनाए । साथै, उन्मुक्त चन्दले २२, अनिल शाहले १९ तथा गुल्शन झाले १० रन जोडे । बलिङतर्फ पोखराका विपिन खत्री र कुशल मल्लले समान दुई-दुई विकेट लिए भने प्रतिश जिसी, अभिमन्यु मिथुन र जाहिर खानले समान एक-एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । पोखराका लागि कुशल मल्लले सर्वाधिक ६१ रनको योगदान दिए । उनले ३१ बल खेल्दै पाँच छक्का र पाँच चौकाको मद्दतमा ६१ रन बनाएका थिए । त्यसैगरी उपुल थरङ्गाले ४२ रन जोडे भने विपिन खत्रीले ९ तथा आशिफ शेखले ६ रन जोडे ।

बलिङतर्फ लुम्बिनीका साडले भान स्काल्कविकले तीन विकेट लिए भने किशोर महतो र गुल्सन झाले समान दुई दुई विकेट लिए । त्यस्तै हरमित सिंह र सागर ढकालले समान एक-एक विकेट लिए । यस जितसँगै लुम्बिनीले जारी प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ । लुम्बिनीले ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै समान तीन खेल खेलेको पोखरा तीनै खेलमा पराजय भोग्दै अंक विहीन छ । पोखरा अंक् तालिकाको अन्तिम स्थानमा छ । प्रतियोगितामा विभिन्न छ टोलीको सहभागिता छ ।

प्रतियोगिताको  विजेताले ५५ लाख तथा उपविजेताले रु ३० लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुनले १० लाख तथा चौथोले रु पाँच लाख पाउने छन् ।

 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  २ : ४५ बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय