माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो निर्विरोध निर्वाचित « Khabarhub

माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो निर्विरोध निर्वाचित


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो निर्विरोध निर्वाचित भएका छन् ।

माओवादीबाट दलको नेता चयन भएका आङ्बो प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री हुन् । प्रदेशमा सबैभन्दा लामो समय मन्त्री बनेको अनुभव उनीसँग छ ।

पूर्वमुख्यमन्त्री शेरधन राई र हालका मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारमा उनले एउटै मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

दलको नेतामा (प्रदेशसभा सदस्य) दुर्गाप्रसाद चापागाईं पनि दाबेदार थिए । माओवादीका नेता एवं प्रदेश सांसद राजेन्द्र कार्की ‘नवीन’ ले आङ्बोलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरिएको जानकारी दिए ।

आङ्बो यसअघि पनि माओवादीको संसदीय दलका नेता थिए । मंसिर ४ गतेको निर्वाचनबाट उनी पाँचथरको ‘ख’ बाट दोस्रोपटक निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ६ : ३२ बजे

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत