चिनियाँ मानव तस्करको डरलाग्दो जालो « Khabarhub

चिनियाँ मानव तस्करको डरलाग्दो जालो


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मानव तस्करीका कारण चीन विश्वमै कुख्यात रहेको छ । चीनको सीमाभित्र मात्रै नभई चीनबाहिरबाट पनि चीनतर्फ मानव तस्करी हुने गरेको छ । पछिल्ला केही वर्षहरुमा चीनका मानव तस्करहरुले आफ्नो जालो चीनबाहिर विस्तार गरेका छन् ।

चिनियाँ मानव तस्करहरुले एसियाका गरिब देशहरुबाट मानिसहरुलाई रोजगारीका नाममा चीनमा ल्याउने र जबरजस्ती विवाह, बँधुवा मजदुर वा बेश्यावृत्तिमा संलग्न गराउनका लागि बिक्री गर्ने गरेका छन् । यसबाहेक मानव तस्करी गरी चीनमा ल्याइएका मानिसहरुलाई मानव अङ्ग संकलन गर्नका लागि हत्या समेत गर्ने गरिएको समाचार सार्वजनिक हुने गरेका छन् ।

हालै नेपालमा प्रहरीले दुई जना चिनियाँ मानव तस्करलाई गिरफ्तार गरेको छ । प्रहरीका अनुसार उनीहरुले १० जना नेपालीलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर पछि अवैध गतिविधिमा लगाएका थिए । ‘हाम्रो अनुसन्धानबाट उद्धार गरिएका महिला र बालिकालाई सुरुमा बिहे गर्न भन्दै चीन लगिएको र पछि बेश्यावृत्तिमा लगाइएको पाइयो ।’ नेपाल प्रहरीका एसपी शारदाप्रसाद चौधरीले भने ।

सन् २०१९ मा पनि नेपाल प्रहरीले चीनमा बिहे गरिदिने प्रलोभनमा महिला बेचबिखनमा संलग्न १० जनालाई पक्राउ गरेको थियो । चीनमा रहेको नेपाली राजदूतावासले पनि बेलाबेला मानव तस्करको फन्दामा परी चीन पुगेका पीडितको उद्दार गर्दै आएको छ । मानव तस्करहरुले सरकारी नियम उल्लङ्घन नगर्ने भएकाले उनीहरु सरकारी निगरानीमा नपर्ने गरेको बताइन्छ । ‘नेपाली महिलालाई चिनियाँहरुले वैधानिक रुपमा नै लैजाने भएपनि यौन दास र बधुँवा मजदुर बन्ने जोखिम उच्च रहेको छ ।’ महिला अधिकारकर्मी अञ्जना शाक्यले भनिन् ।

चिनियाँ परियोजनामा काम गर्ने कामदार र व्यवसायीको भेषमा विभिन्न मुलुकमा रहेको चिनियाँहरुले तस्करी गर्ने गरेको बताइन्छ । चीन पाकिस्तान आर्थिक करिडोरमा काम गर्ने चिनियाँहरु पनि तस्करीमा संलग्न रहेको पाइन्छ । उनीहरुले पाकिस्तानको गरिब एवं सिमान्तकृत समुदायका बालिकालाई निशाना बनाउने गर्छन् । ब्रुकिङ इन्स्टिच्युटको एक अध्ययनअनुसार चिनियाँहरुले पाकिस्तानी बालिकालाई ३५ सयदेखि ५ हजार अमेरिकी डलरसम्ममा खरिद गर्ने गरेका छन् ।

मानव तस्करीबाट पीडितलाई न्याय दिनुभन्दा चीनसँग व्यापारमा बढी ध्यान दिने गरेको भन्दै पाकिस्तान सरकारमाथि आरोप समेत लाग्ने गरेको छ । सामाजिक अभियन्ताहरुले यस्ता घटनामा अनुसन्धान र न्यायिक कारवाही अपर्याप्त र शंकास्पद समेत हुने गरेको बताउँछन् ।

कुनै सरकारी तथ्यांक नभएपनि गैर सरकारी निकायहरुका अनुसार सन् २०१९ मा मात्रै पाकिस्तानबाट ६२९ बालिका र महिलाहरु चीनतर्फ बेचिएका छन् । यीमध्ये अधिकांश पाकिस्तानमा अत्यन्त सिमान्तकृत मानिने ईसाई धर्मावलम्बी महिला र बालिका छन् । सन् २०१९ मा पाकिस्तानमा ५२ जना चिनियाँ तस्करविरुद्ध कारवाही अघि बढाइएको थियो । यद्यपि यीमध्ये आधाभन्दा धेरैलाई तत्कालै वा तारेखमा रिहा गरिएको थियो ।

चीनमा एक सन्तान नीति र छोरालाई बढी महत्व दिने भएका कारण तस्करीका घटना हुने बताइन्छ । एक सन्तान नीतिका कारण सन् १९८० को दशकको अन्त्यतिरबाट चीनमा महिलाको सङ्ख्या घट्न थालेको छ । छोरी भए गर्भपतन गर्ने प्रचलनका कारण चीनमा जनसङ्ख्यामा लैङ्गिक असमानता देखिएको छ ।

बढ्दो पुरुष जनसङ्ख्याका कारण चीनका छिमेकी देशहरु भियतनाम, कम्बोडिया, म्यान्मार, लाओसजस्ता देशबाट पनि चीनतर्फ महिला र बालिकाको तस्करी हुने गरेको छ । यसबाहेक चीनकै ग्रामीण क्षेत्रबाट समेत बधुँवा मजदुरका रुपमा मानिसहरु तस्करीको सिकार हुने गरेका छन् ।

चीन सरकार र विभिन्न मुलुकमा रहेका राजदूतावासले मानव तस्करीविरुद्ध बयान दिएपनि चीनमा मानव तस्करीविरुद्धको कानून नै अपर्याप्त रहेको ठानिन्छ ।

चीनमा कुनै अवैध वनस्पतीको कारोबार गर्दा ७ वर्षको जेल सजाय हुने व्यवस्था रहेको छ । तर, मानव खरिदबिक्री गर्नेलाई केबल ३ वर्षको कारावास सजाय हुन्छ । सन् १९९७ सम्म पनि चीनमा मानव तस्करीविरुद्ध कुनै कानून थिएन ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ९ : ०९ बजे

एमालेको ७२ खुला केन्द्रीय सदस्यमा ५२.७८ प्रतिशत ब्राह्मण जातिका मात्रै

काठमाडौं– नेकपा (एमाले)को ११औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यतर्फ भएको मतदानमा

जाँचबुझ आयोगको म्याद एक महिना थपियो

काठमाडौं– सरकारले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको

नेपाल चिकित्सक संघद्वारा उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए)को केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन प्रक्रिया

चीन नेपालको असल सहयोगी, ‘एक चीन नीति’मा प्रतिबद्ध छौँ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीच

निजी क्षेत्रले प्राधिकरणसँग राख्यो विद्युत् व्यापार र प्रसारण लाइनमा सहकार्यको प्रस्ताव  

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत्