चिनियाँ मानव तस्करको डरलाग्दो जालो « Khabarhub

चिनियाँ मानव तस्करको डरलाग्दो जालो


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मानव तस्करीका कारण चीन विश्वमै कुख्यात रहेको छ । चीनको सीमाभित्र मात्रै नभई चीनबाहिरबाट पनि चीनतर्फ मानव तस्करी हुने गरेको छ । पछिल्ला केही वर्षहरुमा चीनका मानव तस्करहरुले आफ्नो जालो चीनबाहिर विस्तार गरेका छन् ।

चिनियाँ मानव तस्करहरुले एसियाका गरिब देशहरुबाट मानिसहरुलाई रोजगारीका नाममा चीनमा ल्याउने र जबरजस्ती विवाह, बँधुवा मजदुर वा बेश्यावृत्तिमा संलग्न गराउनका लागि बिक्री गर्ने गरेका छन् । यसबाहेक मानव तस्करी गरी चीनमा ल्याइएका मानिसहरुलाई मानव अङ्ग संकलन गर्नका लागि हत्या समेत गर्ने गरिएको समाचार सार्वजनिक हुने गरेका छन् ।

हालै नेपालमा प्रहरीले दुई जना चिनियाँ मानव तस्करलाई गिरफ्तार गरेको छ । प्रहरीका अनुसार उनीहरुले १० जना नेपालीलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर पछि अवैध गतिविधिमा लगाएका थिए । ‘हाम्रो अनुसन्धानबाट उद्धार गरिएका महिला र बालिकालाई सुरुमा बिहे गर्न भन्दै चीन लगिएको र पछि बेश्यावृत्तिमा लगाइएको पाइयो ।’ नेपाल प्रहरीका एसपी शारदाप्रसाद चौधरीले भने ।

सन् २०१९ मा पनि नेपाल प्रहरीले चीनमा बिहे गरिदिने प्रलोभनमा महिला बेचबिखनमा संलग्न १० जनालाई पक्राउ गरेको थियो । चीनमा रहेको नेपाली राजदूतावासले पनि बेलाबेला मानव तस्करको फन्दामा परी चीन पुगेका पीडितको उद्दार गर्दै आएको छ । मानव तस्करहरुले सरकारी नियम उल्लङ्घन नगर्ने भएकाले उनीहरु सरकारी निगरानीमा नपर्ने गरेको बताइन्छ । ‘नेपाली महिलालाई चिनियाँहरुले वैधानिक रुपमा नै लैजाने भएपनि यौन दास र बधुँवा मजदुर बन्ने जोखिम उच्च रहेको छ ।’ महिला अधिकारकर्मी अञ्जना शाक्यले भनिन् ।

चिनियाँ परियोजनामा काम गर्ने कामदार र व्यवसायीको भेषमा विभिन्न मुलुकमा रहेको चिनियाँहरुले तस्करी गर्ने गरेको बताइन्छ । चीन पाकिस्तान आर्थिक करिडोरमा काम गर्ने चिनियाँहरु पनि तस्करीमा संलग्न रहेको पाइन्छ । उनीहरुले पाकिस्तानको गरिब एवं सिमान्तकृत समुदायका बालिकालाई निशाना बनाउने गर्छन् । ब्रुकिङ इन्स्टिच्युटको एक अध्ययनअनुसार चिनियाँहरुले पाकिस्तानी बालिकालाई ३५ सयदेखि ५ हजार अमेरिकी डलरसम्ममा खरिद गर्ने गरेका छन् ।

मानव तस्करीबाट पीडितलाई न्याय दिनुभन्दा चीनसँग व्यापारमा बढी ध्यान दिने गरेको भन्दै पाकिस्तान सरकारमाथि आरोप समेत लाग्ने गरेको छ । सामाजिक अभियन्ताहरुले यस्ता घटनामा अनुसन्धान र न्यायिक कारवाही अपर्याप्त र शंकास्पद समेत हुने गरेको बताउँछन् ।

कुनै सरकारी तथ्यांक नभएपनि गैर सरकारी निकायहरुका अनुसार सन् २०१९ मा मात्रै पाकिस्तानबाट ६२९ बालिका र महिलाहरु चीनतर्फ बेचिएका छन् । यीमध्ये अधिकांश पाकिस्तानमा अत्यन्त सिमान्तकृत मानिने ईसाई धर्मावलम्बी महिला र बालिका छन् । सन् २०१९ मा पाकिस्तानमा ५२ जना चिनियाँ तस्करविरुद्ध कारवाही अघि बढाइएको थियो । यद्यपि यीमध्ये आधाभन्दा धेरैलाई तत्कालै वा तारेखमा रिहा गरिएको थियो ।

चीनमा एक सन्तान नीति र छोरालाई बढी महत्व दिने भएका कारण तस्करीका घटना हुने बताइन्छ । एक सन्तान नीतिका कारण सन् १९८० को दशकको अन्त्यतिरबाट चीनमा महिलाको सङ्ख्या घट्न थालेको छ । छोरी भए गर्भपतन गर्ने प्रचलनका कारण चीनमा जनसङ्ख्यामा लैङ्गिक असमानता देखिएको छ ।

बढ्दो पुरुष जनसङ्ख्याका कारण चीनका छिमेकी देशहरु भियतनाम, कम्बोडिया, म्यान्मार, लाओसजस्ता देशबाट पनि चीनतर्फ महिला र बालिकाको तस्करी हुने गरेको छ । यसबाहेक चीनकै ग्रामीण क्षेत्रबाट समेत बधुँवा मजदुरका रुपमा मानिसहरु तस्करीको सिकार हुने गरेका छन् ।

चीन सरकार र विभिन्न मुलुकमा रहेका राजदूतावासले मानव तस्करीविरुद्ध बयान दिएपनि चीनमा मानव तस्करीविरुद्धको कानून नै अपर्याप्त रहेको ठानिन्छ ।

चीनमा कुनै अवैध वनस्पतीको कारोबार गर्दा ७ वर्षको जेल सजाय हुने व्यवस्था रहेको छ । तर, मानव खरिदबिक्री गर्नेलाई केबल ३ वर्षको कारावास सजाय हुन्छ । सन् १९९७ सम्म पनि चीनमा मानव तस्करीविरुद्ध कुनै कानून थिएन ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ९ : ०९ बजे

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

दुबई – इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि