अफगानिस्तानमा साढे दुई करोड मानिस अति भोकमरीको चपेटामा « Khabarhub

अफगानिस्तानमा साढे दुई करोड मानिस अति भोकमरीको चपेटामा


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अफगानिस्तानमा दुई करोड ३० लाखभन्दा बढी मानिस अति भोकमरीको जोखिममा रहेको एक अध्ययनले देखाएको छ ।

नर्वेली शरणार्थी काउन्सिल (एनआरसी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा ठूलो सङ्ख्यामा अफगानिहरु भोकमरीको जोखिममा रहेको देखाइएको हो ।

अफगानिस्तानमा परिवर्तित राजनीतिक अवस्थाका कारण आर्थिक संकट उत्पन्न भएकाले भोकमरीबाट ठुलो मानवीय क्षति हुन नदिनेतर्फ विश्व समुदायले सोच्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

एनआरसीले भोकमरीको खतरामा रहेका अफगानी नागरिकका लागि खुलेर सहयोग गर्न पनि सवैलाई अनुरोध गरेको छ ।

तत्कालिन विद्रोही तालिवान समूहले राजधानी काबुलमा आक्रमण गरेकाले तत्कालिन राष्ट्रपतिले देश छाडेर भागेपछि तालिवान सरकार बनेको हो ।

अमेरिकाको समर्थन रहेको सरकारलाई हटाएपछि अमेरिकासहितका धेरै देशले तालिवान सरकारलाई सहयोग नगरेका हुन ।

वैदेशिक सहयोग अधिकांश कटौती भएपछि अफगानिस्तानमा अहिले आर्थिक संकट उत्पन्न भएको छ ।

अनुदारवादी चरित्र देखाउने र अलोकतान्त्रिक शासन चलाउने आशंका गर्दै तालिवान सरकारलाई अमेरिकासहित धेरै देशले सहयोग गर्न हिचकिचाएका हुन । तर तालिवान सरकारका अधिकारीहरुले भने आफुहरु अनुदार र अलोकतान्त्रीक नहुने दावी गर्दै आएका छन् ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ७ : ०३ बजे

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध