भ्रामक सूचना र दुष्प्रचारले निर्वाचन र लोकतन्त्रलाई हानी पु-याउँछ : राजदूत वेरी « Khabarhub

भ्रामक सूचना र दुष्प्रचारले निर्वाचन र लोकतन्त्रलाई हानी पु-याउँछ : राजदूत वेरी


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीले स्वतन्त्र र निष्पक्ष निर्वाचन दीगो लोकतन्त्रको पहिचान भएको बताएका छन् । स्थानीय तहको आगामी निर्वाचनका लागि नेपाल मतदाता अधिकार मञ्चद्वारा यहाँ आज आयोजित तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उनले चुनावका समयमा आउन सक्ने भ्रामक सूचना र मिथ्या दुष्प्रचारबाट जोगिन सबैलाई सचेत र सजग हुन सुझाव दिएका छन् ।

निर्वाचनसँग सम्बन्धित भ्रामक र मिथ्या सूचनाको पहिचान र रोकथाम गर्न समाजका सबै पक्ष सचेत र सजग हुन आवश्यक रहेको बताउँदै उनले यस्ता दुष्प्रचारले अनलाइनलगायत सामाजिक सञ्जाललाई विचलन ल्याउने मात्र नभइ निर्वाचन र लोकतन्त्रलाई हानी पु-याउने धारणा व्यक्त गरेका छन् ।

राजदूत वेरीले भने “भ्रामक सूचना र दुष्प्रचारले नेपाललाई प्राप्त हुने वास्तविक प्रतिफलको क्षमतामासमेतमा असर पार्छ, कोभिड–१९ खोपबारे मिथ्या सूचनाका कारण अमेरिकालगायतका मुलुकले ठूलो क्षति व्यहोर्न प-यो । धेरै मानिसको अकालमा ज्यान गयो ।”

भ्रामक र गलत सूचनाका सन्दर्भमा नेपालको अनलाइनको अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै राजदूत वेरीले “गलत सूचनाले मतदाताको सुसूचित गर्ने राजनीतिक क्षमतालाईसमेत कमजोर तुल्याउँछ ।”उनले भने ।

निर्वाचनका समयमा सूचनाको आधिकारिकताबारे विश्वासिलो पुष्ट्याई नभएसम्म अरुलाई शेयर नगर्न उनले सुझाव दिए । अरु कयौ देशले शताब्दिमा गर्न नसकेको राजनीतिक रुपान्तरण नेपालले छोटो समयमै हासिल गर्न सफल भएको उनले उल्लेख गरे ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ४ : ५३ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,