एससीसीको विरोधमा गरिएको बन्दले उदयपुर ठप्प « Khabarhub

एससीसीको विरोधमा गरिएको बन्दले उदयपुर ठप्प


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- प्रतिनिधि सभाबाट अमेरिकन सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गरेको विरोध गरिएको नेपाल बन्दले उदयपुर ठप्प भएको छ ।

एमसीसी तत्काल खारेज गर्नुपर्ने माग राख्दै नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित आठ राजनीतिक दल र संगठनले आज नेपाल बन्दको घोषणा गरेका छन् ।

नेपाली जनताको इच्छा विपरीत एमसीसी सरकारले पास गरेको भन्दै आक्रोशित बन्दकर्ताले लामो तथा छोटो दूरीको सवारी ठप्प गरेका छन् । बन्दकर्ताले सरकारी, निजी विद्यालय तथा क्याम्पस र उद्योग कलकारखानामा पुगी बन्दको उर्दी जारी गरेपछि सबै क्षेत्र ठप्प रहेको थियो ।

गाईघाट, कटारी, बेल्टार, रामपुर, मुर्कुचीलगायत आसपासका बजार र ग्रामीण क्षेत्रका पसलसमेत बिहानैदेखि ठप्प छन् । बन्दकर्ता बिहानैदेखि झण्डा र हातमा लाठी लिएर बजार बन्द गराउँदै हिँडेका थिए ।

सामान्य दुई पाङ्ग्रे सवारी र अत्यावश्यक सवारी बाहेक अन्य सबै सवारी साधन बिहानैदेखि चल्न सकेका छैनन् । एमसीसी राष्ट्रघाती सम्झौता भएकाले फिर्ता लिनु पर्ने नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ६ : ३९ बजे

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को

मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ

महेन्द्रनगर– मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले आज

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर