हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार « Khabarhub

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- संखुवासभाको भोटखोला गाउँपालिका-२ रुकुमाबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेको तीन दिनपछि एक सुत्केरीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो ।

भोटखोला गाउँपालिका-२ रुकुमाकी ३४ वर्षीया भुद रिन्जिन भोटेलाई सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको भोटखोला गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले जानकारी दिए ।

सुत्केरीलाई व्यथा लागेको तीन दिनपछि हेलिकोप्टरबाट उद्धार गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भोटेले बताए । ३४ वर्षीया भोटे तीन दिन अघि सुत्केरी व्यथा लागेर रुकुमा सामुदायिक स्वास्थ्य इकाई भर्ना भएकी थिइन् ।

सामुदायिक स्वास्थ्य इकाईमा समेत उपचार हुन नसकेपछि चेपुवा स्वास्थ्य चौकी च्याम्ताङमा पठाइएको थियो । सुत्केरी भोटेको चेपुवा स्वास्थ्य चौकी च्याम्ताङमा समेत उपचार हुन नसकेपछि थप उपचारका लागि सोमबार हेलिकोप्टरमार्फत काठमाडौंको थापाथली प्रसूति गृहमा लगिएको निमित्त प्रमुख भोटेले बताए ।

दुर्गम क्षेत्रका ज्यान जाखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई नि:शुल्क हवाई उद्धार गरी तोकिएका अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाउने गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत भोटखोला गाउँपालिकाबाट एक महिनाभित्र तीन जना सुत्केरी महिलाको उद्धार गरिसकिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ७ : ३१ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ