सुर्खेतको वीरेन्द्रनगरस्थित एमाले पार्टी कार्यालयमा आगजनी « Khabarhub

सुर्खेतको वीरेन्द्रनगरस्थित एमाले पार्टी कार्यालयमा आगजनी

काँग्रेस र माओवादीको पार्टी कार्यालयमा तोडफोड


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतमा एमसीसीको विरोधमा उत्रिएका ८ दलसम्बद्ध प्रदर्शनकारीले नेकपा एमालेको कार्यालयमा आगजनी गरेका छन् ।

सोमबार साँझ एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको छ । एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेपाल बन्दको आह्वान गरेका ८ दलले गरेको बन्दका क्रममा सुर्खेतमा आगजनी र तोडफोड भएको हो ।

वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको एमाले जिल्ला कार्यालयमा बन्दकर्ताले आगजनी गरेका हुन् ।

त्यस्तै उनीहरूले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा पनि तोडफोड गरेका छन् ।

तनाव बढेपछि वीरेन्द्रनगरमा आज बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यु लगाइएको छ ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ९ : ४३ बजे

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

झापा– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गएको

जाजरकोटको रिसाङमा पहिरो: दुई जना बेपत्ता, सात घाइते

कर्णाली – अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार०का लागि विदेशी मुद्राको

मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६