सुर्खेतको वीरेन्द्रनगरस्थित एमाले पार्टी कार्यालयमा आगजनी | Khabarhub Khabarhub

सुर्खेतको वीरेन्द्रनगरस्थित एमाले पार्टी कार्यालयमा आगजनी

काँग्रेस र माओवादीको पार्टी कार्यालयमा तोडफोड


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतमा एमसीसीको विरोधमा उत्रिएका ८ दलसम्बद्ध प्रदर्शनकारीले नेकपा एमालेको कार्यालयमा आगजनी गरेका छन् ।

सोमबार साँझ एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको छ । एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेपाल बन्दको आह्वान गरेका ८ दलले गरेको बन्दका क्रममा सुर्खेतमा आगजनी र तोडफोड भएको हो ।

वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको एमाले जिल्ला कार्यालयमा बन्दकर्ताले आगजनी गरेका हुन् ।

त्यस्तै उनीहरूले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा पनि तोडफोड गरेका छन् ।

तनाव बढेपछि वीरेन्द्रनगरमा आज बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यु लगाइएको छ ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ९ : ४३ बजे

बिहारमा भाजपा नेतृत्वको एनडीएलाई प्रचण्ड बहुमत, नराम्रोसँग बढारियो महागठबन्धन

पटना- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक

आयोगलाई प्रधानमन्त्रीले भनिन्- मतदाता नामावली दर्ताको म्याद थपौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र

‘१० लाख उद्यमी भएको देशमा डेढ लाख भन्दा बढी कालोसूचीमा राखिनु अस्वाभाविक’

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले कालोसूचीमा राख्ने क्रम अस्वाभाविक

क्यूफएक्सले दियो ‘जारी २’ लाई सुपरहिटको मान्यता

काठमाडौं – देशकै सबैभन्दा ठूलो फिल्म हल चेन ‘क्यूएफएक्स’ले कात्तिक

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

गण्डकी– गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश