नेपालले पीएनजीलाई दियो १८४ रनको लक्ष्य « Khabarhub

नेपालले पीएनजीलाई दियो १८४ रनको लक्ष्य


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० क्रिकेट शृंखलाअन्तर्गतको पहिलो खेलमा पपुवा न्यु गिनी (पीएनजी) सामू नेपालले १८४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा निम्त्याइएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८३ रनको योगफल तयार गर्‍याे ।

नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ४३ रन बनाए । उनले ३५ बलमा पाँच चौका र एक छक्का प्रहार गरे ।

स्कोर बोर्डमा २५ रन जोड्दा कुशललाई पहिलो विकेटका रुपमा गुमाए पनि त्यसपछि आशिफ र रोहितकुमार पौडेलले दोस्रो विकेटका लागि ८० रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए । रोहित २६ बलमा दुई चौका र एक छक्कासहित ३४ रन बनाए ।

त्यसअघि नेपालका अर्का ओपनर कुशल भुर्तेल ११ बलमा तीन चौका र एक छक्कासहित २० रन बनाएर आउट भएका थिए ।

टोलीको खातामा करण केसीले दुई छक्कासहित १४ रन थप्दा आरिफ शेखले २२ बलमा एक चौका र दुई छक्कासहित ३१ रन र कुशल मल्लले ६ बलमा एक चौका र एक छक्कासहित ११ रन बनाए ।

यसबाहेक, लोकेश बम पाँच, दीपेन्द्रसिंह ऐरी चार र सोमपाल कामीले एक रन जोड्दा कप्ता सन्दीप लामिछाने एक र अविनास बोहरा सुन्य रनमा अविजित रहे ।

पीएनजीका अलेइ नाओ, चाड सोपर र चार्ल्स एमिनीले समान दुई विकेट लिँदा नोर्मान भानुआ र रिले हाकुरेले एक एक विकेट हात पारे ।

ट्वान्टी २० शृंखलामा नेपाल, पीएनजी र मलेसिया सहभागी छन् । ट्वान्टी २० शृंखलाअघि खेलिएको दुई खेलको एकदिवसीय शृंखलामा नेपाल पीएनजीसँग २–० ले पराजित भएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  २ : ३४ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर