पहिलो खेलमा नेपालको शानदार जीत, पपुवा न्युगिनी १५ रनले पराजित « Khabarhub

त्रिकोणात्मक श्रृङ्खला

पहिलो खेलमा नेपालको शानदार जीत, पपुवा न्युगिनी १५ रनले पराजित


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिकोणात्मक टि ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको छ ।

नेपालले दिएको १८४ रनको लक्ष्य भेट्टाउन नसकेपछि पपुवा न्युगिनी पराजित भएको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रन जोडेको थियो । नेपालका लागि असिफ शेखले ४३, रोहित पौडेलले ३४ र आरिफ शेखले ३१ रन बनाए ।

१८४ रनको लक्ष्य लिएर मैदान उत्रेको पपुवा न्युगिनीले खेल सकिन ४ बल बाँकी छँदै सबै विकेट गुमाएर केबल १६८ रनमात्र जोड्न सक्यो ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए । त्यस्तै, अविनाश बोहोराले २ विकेट लिए भने सोमपाल कामीको नाममा एक विकेट रह्यो ।

मलेशिया समेत सम्मिलित श्रृङ्खलाको दोश्रो खेल भोलि मलेशिया र पपुवा न्युगिनीबीच कीर्तिपुर मैदानमा हुनेछ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ४ : ०९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु